मंगलबार, ६ चैत २०८०

गैरसरकारी संस्थाबाट उपलब्ध हुँने सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति लिइनेः मन्त्री कोइराला

समयपोष्ट २०७४ भदौ १२ गते ८:१८

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाबाट प्रदान हुँदै आएको सेवा सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति सरकारले लिइने बताएकी छिन् । रिपोर्टस क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन् – “ऐन परिवर्तन गरेर भएपनि एकद्वार प्रणाली लागू गर्नेतर्फ सरकार अगाडी बढेको छ ।” 

Advertisement

मन्त्री कोइरालाले समाज कल्याण ऐन संशोधन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई व्यवस्थित र नियमन गरिने बताउँदै महिला बालबालिका र ज्येष्ठ नागरिकको हितका लागि मन्त्रालयले ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी दिईन् । 
महिला विरुद्धको अपराध न्यूनिकरणका लागि सरकार गम्भीर रहेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिक, आपाङ् र एकल महिलाको सामाजिक सुरक्षा भत्ता वृद्धि गराउनेतर्फ आफूले सक्दो पहल गरिरहेको बताईन् ।  रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री