शनिबार, १० साउन २०८२

२१.२५ प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको नाफा

समयपोष्ट २०७६ साउन १९ गते १२:४८

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक बर्षमा २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा एक अर्ब ९० करोड ४१ लाख खुद नाफा आर्जन गरेको बैंकको नाफा २१.२५ प्रतिशतले बढेको हो ।

बैंकले खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढाएको छ। बैंकले ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो। बैंकले गत आर्थिक बर्ष १ खर्ब ४ अर्ब रुपैयाँ कुल कर्जा लगानी प्रवाह गरेको छ। बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको पूँजीकोष अनुपात १२.६ प्रतिशत छ।

बैंकले ४.०७ प्रतिशत ब्याज स्प्रेडमा काम गरिरहेको छ। बैंकको आधार दर १०.५७ प्रतिशत छ। बैंकको प्रति शेयर आम्दानी साढे २६ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री