बिहीबार, २० वैशाख २०८१

पूँजी बजारमा चिकित्सकदेखी गृहणीसम्मको चासो

समयपोष्ट २०७६ साउन १८ गते २०:०३

Advertisement

रुपन्देहीस्थित बुटवलमा पूँजी बजारका विषयमा चिकित्सकले पनि चासो देखाउन थालेका छन् ।

सफल नेपाल इन्भेष्टमेण्ट कम्पनी र लगानी स्कुलको संयुक्त आयोजनामा आज भएको शेयर बजार अभिमुखीकरणमा मेडिटेक अस्पताल बुटवलका बालरोग विशेषज्ञ डा विकास भण्डारी सहभागी हुनुभएको छ ।

“मैले मेरो पेशाबाट आम्दानी गरेको रकम शेयर बजारमा लगानी गर्न चाहन्छु” उहाँले भन्नुभयो । उहाँले शेयर बजारमा प्रवेश गर्नुपूर्व बुझेर मात्रै लगानी गर्नुपर्छ भन्ने मान्यता भएकाले अभिमुखीकरणमा सहभागी भएको उल्लेख गर्दै शेयर बजारको आधारभूत कुरा सिक्दै छु भन्नुभयो ।

चिकित्सक बाहेक, प्राध्यापक, इञ्जिनीयर, गृहणीलगायतका क्षेत्रबाट पूँजी बजारका बारेमा चासो राख्ने कार्यक्रममा सहभागी छन् ।

Advertisement

कम्पनी र लगानी स्कुलले आयोजना गरेको यो ८आँै कार्यक्रम हो । खासगरी यो अभिमुखीकरणमा नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा, कैलाली, बर्दियालगायतका जिल्लाबाट ५१ जना सहभागी छन् ।

शेयर लगानीकर्ता सङ्घका केन्द्रीय सदस्य मुकुन्द भट्टराइले प्रदेश नं ५, ६ र ७ मा शेयर बजारको सम्भावना भएकाले यी प्रदेशमा शेयर शिक्षा अनिवार्य भएको बताउनुभयो ।

सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले प्रदेश नं ५ मा भिन्दै ब्रोकर लाइसेन्स खुलाउन माग गर्दै शेयर शिक्षा लिएर प्रवेश गर्नेहरु जिरोबाट हिरोे हुन्छन् भन्नुभयो ।

नेपाल पूँजी बजार लगानीकर्ता सङ्घका प्रदेश सह–संयोजक सूर्य पाण्डेले प्रदेशमा लगानी सम्मेलन हुने सन्दर्भमा बुटवलमा शेयर बजारको ज्ञानले अर्थतन्त्रको विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश नं ५ लगानीकर्ता फोरमका उपाध्यक्ष गोपीराज भुसालले प्रदेशभरीका १२ जिल्लामा नै शेयर शिक्षा आवश्यक भएको बताउनुभयो । सो अभिमुखिकरणमा सन्तोषराज बजगाईंले सहजीकरण गर्नुभएको थियो । बुटवलमा ५ र भैरहवामा १ गरी ६ ब्रोकर कार्यालय छन् जहाँ दैनिक रु एक करोडको कारोवार हुदैंआएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री