शुक्रबार, ७ वैशाख २०८१

नविल बैंकले ४८ प्रतिशत लाभांश दिने

समयपोष्ट २०७४ भदौ ११ गते ११:००

नविल बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई ४८ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बिहान बसेको बैंक सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Advertisement

 नेपाल राष्ट्र बैंकबाट अनुमति लिइ साधारणसभाबाट पारित गरे पछि सेयरधनीले यो लाभांश पाउनेछन् । ३० प्रतिशत बोनस शेयर पश्चात बैंकको पूँजी ८ अर्ब नाघ्नेछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड छ। बैंकले गत आर्थिक बर्ष सबैभन्दा धेरै तीन अर्ब ६२ करोड खुद नाफा कमाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री