आइतबार, ११ साउन २०८२

एनएमबी बैंकको नयाँ फण्ड ‘एनएमबि ५०’ बिक्री खुला

समयपोष्ट २०७६ साउन १३ गते ११:०९

एनएमबि बैंक प्रवद्र्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष “एनएमबि ५०” आजबाट बिक्री खुला भएको छ । सामूहिक लगानी कोष “एनएमबि ५०” ले सोमबारबाट एक अर्ब २० करोड रुपैयाँ बराबरको प्रति ईकाई १० रुपैयाँका दरले १२ करोड ईकाई बिक्रीमा ल्याएको हो ।

सात वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस फण्डमा लगानीकर्ताले न्यूनतम १०० ईकाईदेखि एक करोड २० लाख ईकाईसम्म आवेदन गर्न सक्नेछन् । इकाईको बिक्री छिटोमा साउन १६ गते र ढिलोमा भदौ १० गतेभित्र निकाष्शन बन्द हुनेछ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा तिनको शाखा कार्यालय र मेरो शेयरबाट इकाईमा आवेदन दिन सक्नेछन्।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत “एनएमबि ५०” ले शेयर बजारका ५० वटा उत्कृष्ट कम्पनीका शेयरमा लगानी गरी इकाईधनीलाई दोस्रो वर्षदेखि लाभांश वितरण गर्ने कम्पनीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

निष्काशनको दोस्रो, तेश्रो र चौथो वर्ष १५ प्रतिशतका दरले तथा पाँचौँ, छैटौँ र सातौँ वर्ष २० प्रतिशतका दरले प्रतिफल वितरण गर्न सकिने प्रक्षेपण गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –१ का इकाईधनीहरुलाइ चार आर्थिक वर्षदेखि लाभांश वितरण गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट कर सहित १५ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गरेको यस योजनाले यसभन्दा अघि दु्ई आवमा क्रमश २१.०५ र सोभन्दा अघि आर्थिक वर्ष २०७२/०७३ को मुनाफाबाट २० नगद लाभांश वितरण गरेको थियो।

योजना परिपक्वता समय (२०७६ कात्तिक ३ गते) नजिकिँदै गरेको यस योजनाको लगानीमा रहेका सम्पत्तीहरु, पूँजी तथा नाफालाइ एकै साथै लगानीकर्ताहरुलाई फिर्ता भुक्तान गर्ने बताइएको छ।

यस्तै एनएमबि हाइब्रिड फण्ड एल –१ नेप्सेमा सूचिकृत भई कारोबार खुल्दा नेप्स १७५९.७१ बिन्दुमा रहेको र बजार निरन्तर घटिरहँदा पनि योजनाले जोखिमलाई व्यवस्थापन गरी इकाईधनीहरुको पूँजीलाई संरक्षण गर्दै आइरहेको जनाइएको छ।

तेस्रो म्युचुअल फण्ड योजना “एनएमबि ५०” ले पनि आगामी दिनहरुमा उच्च प्रतिफल हासिल गरी योजनाको उद्देश्य पूर्ति गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री