निलो फिल्ममा जमेका नेपाली चेली : यसरी भए स्टार (भिडियो सहित)
अमेरिकामा गएर ब्लु फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती हुन् दिप शिखा र विन्दु परियार ।
दिप शिखा,उनको वास्तविक नाम भएपनि उनलाई माया बेजिन भनेर चिनिन्छ । उनी भक्तपुरकी हुन् । उनी केही वर्ष पहिले ब्लु फिल्म खेल्न कै लागि अमेरिकी पुगेकी थिइन् ।
उनले केही स्तरीय ट्रिपल एक्स चलचित्रमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । अमेरिकामा पोर्न स्टार अर्थात् नीलो चलचित्रका चर्चित अनुहार बन्न चाहने निकै हुन्छन् । युवापुस्ताको एउटा जमात पोर्न स्टारकै रूपमा भए पनि नाम र दाम कमाउन लालायित भेटिन्छ ।
ओस्कार’ एवार्ड जस्तै हरेक वर्षको जनवरीमा ब्लु फिल्म र पोर्न स्टारहरूको एभिएन एवार्डको भव्य आयोजना हुने गरेको छ । उक्त एवार्डमा आफूलाई खुलेआम ब्लु फिल्मको स्टार भनेर चिनाउनेहरू निकै हुन्छन् र ती हलिउड वा बलिउडका नायक/नायिकाकै हाराहारीमा चर्चामा पनि आउँछन् ।
माया अर्थात् दीपशिखा त्यही दौडमा सामेल छिन् । कुनै स्वच्छन्द युवती यो दौडमा सामेल हुनु नौलो कुरा होइन, अचम्मको कुरा के हो भने उनले आफ्नो परिचय नेपाली भनेर दिएकी छिन् र उनको प्रोफाइल साइटमा पनि नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ ।
को हुन् माया ?
मायाको त्यही एकमात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ ।
उनले अमेरिकाको ब्लु फिल्म उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूबीच उनको खोजी सुरु भयो । मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा हलचल मच्चायो ।
को हुन् बिन्दु
पोखराबाट पढाईको प्रलोभनमा अमेरिका पुगेकी विन्दु त्यहाँ पुगेपछि पोर्नस्टार बनिन् । उनको भनाई अनुसार उनी रहरले नभई बाध्यताले पोर्नस्टार बनेकी हुन् । अदालतले विन्दुका श्रीमानलाई पोर्नस्टार बन्नुको मुख्य दोषी ठहर्याएको छ ।
ड्यालसबाट प्रकासित “द ड्यालस मर्निगं न्यूज” समाचार अनुसार स्टेट डिष्ट्रिक्ट जज मार्टिन जे होफम्यानले विन्दुका पूर्वपति टम र्यान्डेल सेवेललाई विन्दुलाई फिल्म खेल्न वाध्य वनाएको, यस सम्वन्धि भिडियो र तस्विर वनाई इन्टनेटमा राखेको आरोपमा दोषी ठहर गर्दैै उक्त रकम हर्जनाका रुपमा विन्दुलाई झण्डै ७५ करोड नेपाली रुपैंया (७२ लाख ५० हजार अमेरिकी डलर) तिर्न फैसला गरेको छ ।
अमेरिकाको टेक्सास स्थित ड्यालस काउन्टी अदालतको फैसलाका समयमा सेवेल अदालतमा उपस्थित थिएनन् । दुई जना सन् २०१२ मा अलग भएका थिए । विन्दुले गत बर्ष ५८ बर्षीय सेवेलविरुद्ध आफ्ना नांगो भिडियो तथा दृष्यहरु अनलाइनमा राखेकामा आपत्ति जनाउँदै अदालत गएकी थिइन् ।
आफूलाई जवजस्ती यस्तो कार्य गर्न वाध्य पारेको उनको दावी थियो । पोखराकी विन्दु नर्स पढ्न अमेरिका आएकी थिइन् । सेवेलले उनलाई विद्यार्थीका रुपमा अमेरिका आउन मद्दत गरेका थिए । द ड्यालस मर्निगं न्यूजले विन्दुसंग नेपालमा उनको परिवारले पाएको कष्ट लगायत विविध पक्षवारे कुरा गरेर लामो फिचर समाचार प्रकाशित गरेको छ । यसमा उनले आफ्नो विवाहदेखिका कष्टहरु वताएकी छन् ।
पोर्न स्टारको परिचयसहित अन्तवार्ता सहमतिविना छाप्न पाइँदैन तर, पत्रिकालाई उनले आफ्नो कष्ट सार्वजनिक गर्न सहमति दिएकी छन् । विन्दु परियारका पूर्वपतिले जव उनी अमेरिका आइन् त्यसपछि नेपाली पहिरन छाडेर मिनी स्कर्ट लगाई व्यापारमा जान वाध्य वनाए उक्त समाचारमा उल्लेख छ ।
प्रतिक्रिया