ओमलाई गाभ्न एनएमबीले डाक्यो विशेष साधारणसभा
एनएमबी बैंकले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले पोखराको ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गराउन साउन २८ गते विशेष साधारण सभा आह्वान गरेको हो ।
सभामा बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गरि ब्रोकेज सेवा समेत थप्ने भएको छ।
विशेष साधारण सभाले मर्जर सम्झौता प्रतिवेदन, सम्झौता तथा निर्णयरु पारित गर्ने, डिडिए रिर्पोटबाट प्राप्त भएको स्वाप १००:७६ लाई स्वीकृती प्रदान गर्ने, तथा लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने एजेण्डा रहेको छ ।
यस्तै बैंकले ग्राहकलाई सेवा सुविधा थप गर्ने क्रममा नियामक निकायको स्वीकृति लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र शेयर दलाल (स्टक ब्रोकर) सम्बन्धि व्यवस्था थप गर्ने विशेष प्रस्ताव रहेको छ ।
सभाले ओम प्राप्ती पश्चात बैंकको पूँजी वृद्धि हुने हुँदा बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने र नियामकिय निर्देशन अनुरुप गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
प्रतिक्रिया