आइतबार, ६ जेठ २०८१

शिल्पाको पहिलो श्रीमान सार्वजनिक

समयपोष्ट २०७६ साउन ११ गते १२:५५

Advertisement

अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको विवादको विषय पछिल्लो समय सामाजिक सञ्जालमा हट केकको विषय बनेको छ ।

केही दिन अगाडी आफूमाथि घरेलु हिंसा भएको भनि प्रहरीमा उजुरी दिएपछि उनीहरुबीचको सम्बन्धमा खटपट छाएको हो । आफूलाई कानको जालि फुट्नेगरी हिर्काएको भन्दै शिल्पाले दिएको अभिव्यक्तिले विषय विकराल बन्दै गएको थियो । घटनाकाले आफ्नो स्वरुप परिवर्तन गदै गएको छ ।

शिल्पा र छविले सामाजिक सञ्जालमा दिएको अन्तवार्तामा उनीहरू एक अर्काका विरोधी छन् । त्यसैमाथि छवीकी श्रीमति हेमा ओझले बहुबिवाहको उजुरी दिएसंगै घटनाको स्वरुप नै परिर्वत भएको छ ।

Advertisement

यतिबेला शिल्पाले आफुले डिर्भोस फाइल गरेको खबर बाहिरेसंगै छवीको जेठी श्रीमति हेमाले उनीहरुको विचमा बहुबिवाहको मुद्धा दर्ता गराएकी छन् । यो संगै शिल्पाले दाई बनाएका विकास रौनियार र सम्झना रौनियारलाई पनि सहयोग गरेको आरोपमा उजुरी दर्ता भएको छ ।

तर शिल्पा र छवी भुमिगत भएको खबर आइरहदा प्रहरीले विकास र सम्झनालाई पनि केही गरेको छैन् । सामाजिक सञ्जालमा छवीले शिल्पालाई उनको पनि दोस्रो बिहे त हो भने पछि उनको श्रीमान को हो भन्ने कौतुहलता सबैमा थियो तर शिल्पाले आफनो बाईफ्रेन्ड मात्र भएको बताउँदै आएकी थिइन् । तर अहिले एक अन्तर्वाता मार्फत उनको बिवाह भएर डिभोर्स भएको र उनको पूर्व श्रीमानको नाम विकास विसि रहेको खुलासा प्रोडुसर रोशन कुमारले गरेका छन् ।

उनले भने –‘उनीहरु एक आपमा लिभिङ टुगेदरमा थिए, त्यो सबैलाई थाहा छ । तर बिवाह कहिले भयो त्यो थाहा छैन । एक दिन शिल्पाले आएर मलाई, मैलै विकासलाई डिर्भोस दिए नि भनेपछि थाँहा पाए कि उनीहरुको बिवाह भइसकेको रहेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री