आइतबार, ६ जेठ २०८१

कति छ सुष्माको मुल्य ?

समयपोष्ट २०७६ साउन ९ गते २०:३९

Advertisement

नायिका सुष्मा कार्की नयाँ चलचित्र ‘फटाह फणिन्द्रे’मा देखिने भएकी छिन् । केही समयअघि घोषणा भएको यस फिल्मका लागि सुष्माले दश लाख पारिश्रमिक लिने भएकी छिन् ।

अरुण फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा बन्न लागेको यस फिल्मको निर्देशन अरुण खड्काले गर्नेछन् । उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ ।

नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कात्तिकबाट सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री