आइतबार, ६ जेठ २०८१

पढाइ मात्र नभई स्किल बेस तालिम पनि दिन्छौँ

समयपोष्ट २०७६ साउन १ गते ११:०९

Advertisement

सेन्ट लरेन्स कलेज विगत बाइस वर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध व्यक्तिहरू मिलेर चलाएको संस्था हो । यहाँ विज्ञान, व्यवस्थापन, मानविकी र यो वर्षदेखि हामीले कानुन विषय पनि सञ्चालन गर्दै छौँ । यहाँ हरेक वर्षको नतिजा हेर्दा उच्च माध्यमिक तहको पास प्रतिशत मूल्यांकन हुँदा ९८.९९ प्रतिशतसम्म रिजल्ट छ । अहिले ग्रेडिङ सिस्टमअनुसार फेरि शतप्रतिशत पास रिजल्ट रहेको छ । पल्स टु लेबल, ब्याच्लर लेबलका लागि फाउन्डेसन लेबल पनि हो । त्यसकारण विद्यार्थीहरूको रुचिअनुसार विभिन्न कोर्स अफर गरिरहेका छौँ । साथै विद्यार्थीहरूको चाहनाअनुसार पढाइलाई मात्र नभई स्किल बेस विषयअनुसार हामीले तालिमहरू पनि उपलब्ध गराउँदै आएका छौँ ।

यहाँ अनुशासित वातावरणमा विद्यार्थीलाई पठनपाठन गराइन्छ । विगत लामो समयदेखि पठनपाठनमा सक्रिय पूर्णकालीन शिक्षकहरू यहाँ बढी छन् । व्यवस्थापनमा यसअघि विभिन्न शैक्षिक संस्थामा काम गरेर लामो अनुभव बटुलेका शिक्षकहरूको टिम रहेको छ । पढाइबाहेक विद्यार्थी भाइ–बहिनीलाई हामीले विभिन्न स्पोर्टस् क्लबहरू, साइन्स एन्ड आईटी, कल्चरल, इन्भाइरोमेन्टलगायत विभिन्न क्लबमा आबद्ध गराएका छौँ । विद्यार्थीहरूकै प्रेसिडेन्सीमा यी क्लबहरूले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् । त्यसले गर्दा कलेजको सीएसआर पनि मेन्टेन हुने र उनीहरूको सामाजिक र नेतृत्व विकास क्षमता पनि बढ्ने हुन्छ ।

होटल म्यानेजमेन्टका विद्यार्थीका लागि होटल भिजिट, होटल ट्रेनिङ, कम्प्युटर साइन्सका विद्यार्थीका लागि रेगुलर कम्प्युटर ल्याब, ट्राभल एन्ट टुरिजमका विद्यार्थीहरूका लागि विभिन्न टिकेटिङका ट्रेनिङ, सोसियोलोजीका विद्यार्थीका लागि अर्बान रुलर क्याम्पहरू गर्दै आएका छौँ । विभिन्न विषयअनुसार गर्नुपर्ने ट्रेनिङ, एक्सपोजरहरू दिइरहेका छौँ । त्यसकारण विद्यार्थीहरूको आधार स्तर बलियो बनाउनका लागि यस कलेज रोज्न म सबैलाई सल्लाह दिन्छु ।

यो कलेज जेरो पल्स टुमा मात्र सीमित छैन । हामीले ब्याच्लरमा बीबीएस, बीसीए, बीएसडब्लू, बीएससीसी आईटी कार्यक्रम चलाइरहेका छौँ । त्यस्तै मास्टर्समा एमबीएस कोर्स यसै वर्षदेखि सञ्चालन ग¥यौँ । यी सबै कोर्स त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हो । हामी जेरो पल्टुमा मात्र सीमित नभएर आगामी वर्षबाट सेन्ट लरेन्स सेकेन्डरी स्कुल मन्टेश्वरीबाट कक्षा दशसम्म आबद्ध गराई पल्स टुलाई त्यसमै जोडेर चलाउने योजनामा छौँ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री