आइतबार, ६ जेठ २०८१

विश्व बजार हेरेर शिक्षा दिन्छौँ

समयपोष्ट २०७६ साउन १ गते १०:५५

Advertisement

ललितपुरको ताल्छिखेलस्थित अरनिको इन्टरनेसनल कलेज बर्नहार्ट कलेजकै व्यवस्थापन तथा सेवा–सुविधा र विशेषतासहित सञ्चालन हुँदै आएको छ । यस कलेजले अवलम्बन गरेको महत्वपूर्ण भनेकै विद्यार्थीकेन्द्रित पठन–पाठन पद्धति हो । सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो उद्देश्य रहेको छ । हामीले विद्यार्थीमैत्री वातावरणमा विद्यार्थीको भविष्यलाई ख्याल राखेर अध्यापन गराइरहेका छौँ । यहाँ बीस वर्षदेखि अध्यापन पेसामा रहेका शिक्षकहरू हुनुहुन्छ । यस संस्थाले स्कुलतर्फ नर्सरीदेखि कक्षा १० सम्म, कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन र मानविकी शिक्षा प्रदान गर्दै आइरहेको छ ।

विश्व बजारमा उपलब्ध युग सुहाउँदो उच्चस्तरीय शैक्षिक कार्यक्रमहरूलाई कलेजमा भित्र्याएर आफ्ना विद्यार्थीहरूलाई अब्बल र सक्षम तुल्याउनेतर्फ कलेज निरन्तर प्रयत्नशील छ । हामीले सामान्य विद्यार्थीलाई नै उच्चस्तरीय शिक्षा प्रदान गरेर विश्वमै प्रतिस्पर्धी बनाउने प्रत्यत्न गरिरहेका छौँ ।

सम्भवतः यसै कारणले हुन सक्छ, यो कलेज निरन्तर रूपमा विद्यार्थी र अभिभावकहरूको रोजाइमा परेको छ । सञ्चालन भएको पहिलो वर्षमै यस कलेजमा अध्ययनरत छात्र मनीष शर्मा तिमिल्सिनाले राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा ११ को वार्षिक परीक्षा २०७४ मा विज्ञान सङ्कायतर्फ आउटस्ट्यान्डिङ रिजल्ट प्राप्त गर्न सफल हुनुले पनि आफ्नो अब्बलता र सक्षमतालाई प्रमाणित गर्दछ ।

अहिलेको समयमा साइन्स पढेर प्लस टु पास गरेर मात्र हुँदैन । भोलि मेडिकल, इन्जिनियरिङलगायत क्षेत्रमा जाँदा कत्तिको सक्षम भएर विद्यार्थी बाहिर निस्किन्छन् भन्ने कुराका लागि हामीले यस कलेजमा प्रि–मेडिकल, प्रि–इन्जिनियरिङ कक्षाहरू गराउने गरेका छौँ । बाहिर इन्ट्रान्सको तयारी कक्षा लिने शिक्षकहरू नै यस कलेजमा पढाउनुहुन्छ । उहाँहरूलाई रेगुलर रूपमा हामीले कक्षामा समावेश गराएका हुन्छौँ ।

कक्षा ११ को वार्षिक परीक्षा २०७४ मा विज्ञान सङ्कायतर्फ बोर्ड टप गर्न सफल अरनिको इन्टरनेसनल कलेजका विद्यार्थी मनीष शर्मा तिमिल्सिना प्रिन्सिपल पुरुषोत्तम विष्टसंग ।

Advertisement

हामी हरेक हप्ता परीक्षा सञ्चालन गर्छौं । मेडिकल, इन्जिनियरिङ, होमवर्क असाइनमेन्ट क्लास, होमवर्क चेक गर्ने क्लास राख्छौँ । साथै, कमजोर विद्यार्थीका लागि ट्युटोरियल क्लास पनि राख्छौँ । यही कारणले गर्दा एभरेजको विद्यार्थी लिएर पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौं । हाम्रो मुख्य फोकस भनेको विद्यार्थीहरूको पढाइ नै हो । त्यसका लागि हामी विद्यार्थीहरूलाई पारिवारिक वातावरण दिन्छौँ । विद्यार्थीसँग घुलमिल हुन्छौँ । अहिलेको विश्व बजारमा विद्यार्थीहरूले पढेर मात्र हुँदैन । नेतृत्व विकास पनि त्यत्तिकै जरुरी छ । त्यसैले विश्व बजारलाई हेरेर हामी विद्यार्थीहरूलाई शिक्षा दिन्छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री