शुक्रबार, १४ वैशाख २०८१

प्रहरी प्रमुखलेनै श्रीदेवीको हत्या भएको दाबी गरेपछि भड्किए बोनी

समयपोष्ट २०७६ असार ३० गते १०:२१

Advertisement

बलिउड अभिनेत्री श्रीदेवीको स्वभाविक मृत्यु नभई हत्या भएको एक प्रहरी प्रमूखले दाबी गरेका छन् ।

भारतको केराला राज्यका प्रहरी महानिर्देशक (डीजीपी) ऋषिराज सिंहले केरलाको एक पत्रिकामा लेख लेख्दै श्रीदेवीको निधन बाथटबमा डुबेर नभएको दाबी गरेका हुन् । उनले भनेका छन् ,‘श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको थिएन, उनको हत्या भएको थियो’ ।

श्रीदेवीको निधनको अनुसन्धानमा खटेका व्यक्ति र मेडिकल टिमसँग गरेको कुराकानीको आधारमा यस्तो दाबी गरेको बताएका छन् । उक्त दाबीलाई पुष्टि गर्ने आधार दिँदै डाक्टर उमादथनले पनि ‘मानिस जति मात्तिए पनि एक फिट पानीमा डुब्दैन। उ त्यतिबेला डुब्छ जतिबेला उसको दुवै खुट्टा कसैले पक्रिन्छ या उसको शिर टाउकोमा डुबाइदिन्छ’ भनेका छन् । यसले उनको हत्या भएको दाबीमाथि बल पुगेको छ ।

यो दाबीको श्रीदेवीका पति बोनी कपुरले खण्डन गरेका छन् । उनले यसलाई हावादारी पनि भनेका छन् । यस विषयमा प्रतिक्रिया नदिने बोनीले बताएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । गत बर्ष २४ फेब्रुअरीमा युएईको एक होटलमा श्रीदेवीको बाथटबमा डुबेर मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री