शनिबार, ८ वैशाख २०८१

अहिलेको पाठ्यक्रमले विद्यार्थीलाई राष्ट्रप्रति जिम्मेवार र संवेदनशील नागरिक बनाउन सकिरहेको छैन 

समयपोष्ट २०७६ असार ३० गते ९:२८

Advertisement

नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार अहिले तीन तहको शिक्षा छ । कक्षा आठसम्म आधारभूत शिक्षा, नौदेखि १२ सम्म माध्यमिक शिक्षा र उच्च शिक्षा विश्वविद्यालय शिक्षा रहेको छ । पहिला पूर्वप्राथमिक, प्राथमिक, निमावि, मावि, उमावि र विश्वविद्यालय शिक्षा थियो । त्यो बनाउँदा के डिफेक्ट आयो ? यो तीन तहको बनाउँदा तात्विक भिन्नता र सुधार के आउँछ ? होइन भने नाममा के छ ? हामीलाई आवश्यकता किन पर्यो  ? र पहिलेको तहभन्दा यो राम्रो भन्ने आधार के छ ? मैले सधैँ त्यसको उत्तर खोजे तर त्यसको भरपर्दो जवाफ कसैले दिन सकेनन् ।

अहिले न्यूनतम १० वर्ष एउटा विद्यार्थीले त्यो विद्यालयमा पढेको हुन्छ । न्यूनतम १० वर्ष पढेपछि विद्यार्थी एउटै ठाउँमा पढ्न चाहँदैनन् । त्यो मोनोटोनस चिजलाई ब्रेक गर्न चाहन्छन् । विद्यार्थी वाक्क, दिक्दार भइसकेका हुन्छन् ।

सिर्फ वल्र्ड बैंकको एक जनाले जवाफ दिए, अहिले वल्र्ड वाइड रूपमा तीन तहको शिक्षा छ । हामीले डोनेसन दिने हो भने यो तीन तहमा जाऊ भनेर निर्देशन दियौँ । नेपाल सरकारले हाम्रो भनाइलाई स्वीकार ग¥यो । हाम्रो शिक्षामा वैदेशिक सहायात भनेको १६ प्रतिशतबाट २१ प्रतिशतसम्मको रेन्ज रहेछ तर त्यो रेन्ज प्राप्त गर्नेले त्यो शिक्षालाई बन्दकी राख्न पाइन्छ कि पाइँदैन, त्यहाँ एउटा प्रश्न उठ्यो । दोस्रो कुरा माध्यमिक तहलाई दुई तहमा विभाजन गर्नुपर्छ । एउटा विशुद्ध विद्यालय । एउटा प्रि–युनिभर्सिटी एजुकेसन । नौ र १० विशुद्ध विद्यालय हो । ११ र १२ प्रि–युनिभर्सिटीको कोर्स हो । यद्यपि, त्यो विद्यालय शिक्षा नै हो । हिजो उच्च माध्यमिकभन्दा त्यो कलेज भए पनि त्यो विद्यालय शिक्षा नै हो । आज माध्यमिक शिक्षाभन्दा पनि त्यो विद्यालय शिक्षा नै हो । त्यसको उद्देश्य के छ त ? प्रि–युनिभर्सिटी भन्यो भने के हुन्छ ? पूर्वविश्वविद्यालय शिक्षा भनेपछि त्यो युनिभर्सिटी कोर्ससँग जोडिन्छ । विद्यालय कोर्स प्रि–युनिभर्सिटी कोर्ससँग जोडिन्छ । यो तात्विक भिन्नता हामीले बुझ्न जरुरी छ । अहिले न्यूनतम १० वर्ष एउटा विद्यार्थीले त्यो विद्यालयमा पढेको हुन्छ । न्यूनतम १० वर्ष पढेपछि विद्यार्थी एउटै ठाउँमा पढ्न चाहँदैनन् । त्यो मोनोटोनस चिजलाई ब्रेक गर्न चाहन्छन् । विद्यार्थी वाक्क, दिक्दार भइसकेका हुन्छन् । त्यही स्कुल, त्यही कलेज, त्यही भवन । विद्यार्थीले नयाँपन खोज्छन् । अर्को कारण केही विषयगत आवश्यकताले पनि हुन्छ । जस्तो ११/१२ मा विषय छुट्टिन्छ । विद्यार्थीहरूको रुचि फरक–फरक विषयमा हुन्छ । उसले पढ्न चाहेको विषय नहुने एउटा पाटो । नतिजा, पढाइका हिसाबले एक बाह्र÷नौ बाह्रको हिसाबले राम्रो छ । अहिलेको रिजल्टलाई नै विश्लेषण गर्ने हो भने पनि सिंगो सामुदायिक विद्यालयमा ४० देखि ४५ प्रतिशत रिजल्टको हाराहारी छ । त्यही रिजल्ट एक बाह्र भएको रिजल्ट सत्तरी प्रतिशत छ । जहाँ ११/१२ छ, त्यहाँ ७५ प्रतिशतभन्दा माथि छ । त्यो कारणले पनि विश्वविद्यलाय पढाउने गुणस्तरीय शिक्षकहरू, पूर्वाधार हुन्छन् भनेर स्कुल फेर्न चाहन्छन् । त्यो चाहनालाई सकारात्मक रूपमा लिनुपर्छ ।

विषय र विद्यालय छनोट

कसैले ए प्लस अथवा ए ल्याएपछि विज्ञान पढ्नुपर्छ भन्ने चिन्तन छ । त्यसपछि म्यानेजमेन्ट, ह्युमानिटिज र सबैभन्दा चुथ्थोले पढ्ने एजुकेसनजस्तो धारण बनेको छ । विषय आफैँ राम्रो नराम्रो, असल र खराब भन्ने हुँदैन । त्यो विषयमा उसको कमान्ड कस्तो छ, त्यसले भर पर्दछ । एउटा बच्चालाई तिमी के बन्छौँ भन्दा डाक्टर, इन्जिनियर, पाइलट र फिल्म हेर्यो भने हिरो बन्छु भन्छ तर उसको पहिलो प्राथमिकता डाक्टर, इन्जिनियर नै हुन्छ । त्यो भएका कारणले पनि उ विज्ञानप्रति आकर्षित हुन्छ । अहिले विज्ञान पढ्ने लगभग ५० हजार विद्यार्थी छन् । त्यसमा २० हजार मेडिसिनमा छन्, लगभग २० हजार इन्जिनियरिङमा छन्, बाँकी १० हजार साइन्स एन्ड टेक्नोलोजी पढ्नेको जमात छ । सुरुमा बायोलोजी पढनेबित्तिकै डाक्टर बन्छु, फिजिक्स पढनेबित्तिकै इन्जिनियर बन्छु भन्ने उद्देश्य हुन्छ । जब अलिकति पढ्दै जान्छ, अनि म कति पानीमा छु भन्ने बुझ्दै जान्छ । दोस्रो उसले प्रतिस्पर्धा हेरेको हुँदैन, पास, डिभिजन, ग्रोडिङ मात्र ल्याएर पुग्दैन । १२ कक्षामा पुगेका बच्चाले बुझ्न थाल्छ मेरो सीप, योग्यता, दक्षता यता नपुग्दो हरेछ, मलाई साइन्सभन्दा म्यानेजमेन्ट, ह्युमानिटिज, एजुकेसन पढ्दा बढी फाइदा रहेछ भनेर विषय परिवर्तन गर्दछ ।

अर्को अभिभावक, आफन्तहरूले नचाहिने कुरामा दबाब दिन्छन् । विद्यार्थीको रुचि, चाहनाविपरीत ए प्लस ल्याएर पनि ह्युमानिटिज पढ्ने  ?, साइन्स पढनुपर्छ भन्ने जस्ता दबाबले पनि १२ पुगेपछि विषय परिवर्तन गर्ने गरेका छन् । यस्ता दबाब झेल्न नसकेर पनि विद्यार्थी तनावमा हुन्छन् । ११/१२ पढिसकेपछि त्यो तनाव क्रमशः हराउँदै जान्छ । विद्यार्थी, तर्क बितर्क गर्न सक्ने भइसकेको हुन्छ । त्यसपछि विषय परिवर्तन गर्नमा समस्या आउँदैन ।

देश सुहाउँदो शिक्षा

अहिले तीन तहको शिक्षाको उद्देश्य फरक छ । १, ५ र आठमा भ¥याङजस्तो हुन्छ । १ देखि खुड्किला चढ्दै एउटा निचोडमा पुग्ने हो । आधारभूत तहमा मजबुत जग निर्माण गर्ने, १० कक्षासम्म डीपीसी हो । त्यसले डीपीसी गरेर घरलाई अलिकति मजबुत बनाउन सघाउँछ । ११/१२ तह भनेको भविष्यको बाटो देखाउने तह हो । त्यसले बाटो मात्र देखाउने हो । ११/१२ क्रसरोड पनि हो ।

चौबाटोबाट कुन बाटोमा जाने भन्नेमा यात्रु अलमलमा परेको हुन्छ । यो बाटो जानु भविष्य ठीक हुन्छ भन्नु ११/१२ कक्षा हो । यसमा हामीले बेसिक एजुकेसनका फन्डामेन्ट दिने हो । यसमा उसलाई राष्ट्रिय कला, भाव, पहिचान, हाम्रो इतिहास, धर्म, संस्कृति, र हाम्रो गौरव गाथाबारेमा शिक्षा दिनुपर्छ । अहिले शिक्षामा त्यसको कमी छ । विद्यार्थी जहाँ गए पनि गौतम बुद्ध, सगरमाथा, राजनीतिक, प्रशासनिक, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाको संरचनाबारेमा अलिकति व्याख्या गर्न सकोस् । विद्यार्थीलाई कुनै न कुनै रूपमा समाज, राष्ट्रप्रति जिम्मेवार र संवेदनशील नागरिक बनाउनुपर्छ । अहिलेको पाठ्यक्रमले त्यो दिन सकिरहेको छैन ।

शिक्षामा रोजगार र उद्यम

शैक्षिक सस्था बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुँदैन । डिग्री पास विद्यार्थीको डिग्री नै उसको योग्यता हुन्छ तर ज्ञानपक्ष लगभग शून्य हुन्छ । भिजन, मिसन, दूरदृष्टि नभएको शिक्षाले काम गर्दैन । शिक्षाले म यो गर्न सक्छु भन्ने आत्मविश्वास जगाउन सक्नुपर्छ । हामीले शिक्षालाई प्रमाणपत्रसँग मात्र जोड्यौँ । शिक्षा प्रमाणपत्र मात्र होइन, शिक्षा ज्ञान, सीप, प्रविधि र कला हो । शिक्षा सबैले दिएका छन् । लेख्ने, पढ्ने, परीक्षामा पास हुने मात्र शिक्षा होइन, अक्षर र अंकको गन्ती मात्र हो । हाम्रो शिक्षाले आफ्नो खुट्टामा आफैँ उभिने स्वाभिमान बनाउन सिकाएन । अधिकांश व्यक्ति जोेसँग सीप, ज्ञान, क्षमता, योग्यता, दक्षता छ उनीहरू अहिले बेरोजगार छैनन् । हाम्रो शिक्षामा आफैँ फिल्डमा गएर अध्ययन अनुसन्धान गरेर प्रस्तुति गर्र्नेे कुरा क्रमशः कमजोर हुँदै गएको छ ।

लेख्ने, पढ्ने, परीक्षामा पास हुने मात्र शिक्षा होइन, अक्षर र अंकको गन्ती मात्र हो । हाम्रो शिक्षाले आफ्नो खुट्टामा आफैँ उभिने स्वाभिमान बनाउन सिकाएन ।

गाउँघरतिर जाँदा तमसुक लेख्ने, ब्याजको हिसाबकिताब गर्न जान्ने र राजनीतिक कुरा गर्न जान्नेलाई पढेलेखेको मानिन्छ, जुन कामकाजी शिक्षा होइन । जागिर खाने भनेको ब्याच्लरपछि नै हो । पल्स टुको जागिर खुल्यो भने खरिदार वा सो सरह मात्रै हो । अहिले प्रावि शिक्षाको न्यूनतम योग्यता नै पल्स टु हो । उ त्योभन्दा माथि जान सक्दैन । त्यसकारण युनिभर्सिटी भनेकै विश्वव्यापी जहाँ पनि बिक्री हुन सक्ने भन्ने हो । त्यो शिक्षा हामी दिन सफल भएका छौँ त ? हामीलाई पढ्नु, अक्षर चिन्नु र जाँचमा पास हुनु नै ठूलो कुरा भयो तर त्यसले आत्मविश्वास दिन सकेन । त्यसका मुख्य कारक भनेकै प्राध्यापकहरू हुन् । कतिपय उनीहरूमा नै आत्मविश्वास छैन । उ आफ्नो प्रज्ञालाई दाल भातसँग तुलना गर्छ । आफ्नो प्राध्यापनप्रति गर्व गर्दैन । केही नपाएर प्राध्यापनमा आए । नपाउञ्जेल झुण्डिन्छु, पाएपछि देखा जाएगा भन्छ भने त्यसले उत्पादन गर्ने प्रोडक्ट कस्तो होला ।

भुटानमा १५ देखि २० वर्षसम्म पढाउने शिक्षकलाई २५ देखि ३५ प्रतिशत अरू सेवामा भन्दा बढी तलब सुविधा दिने गरिएको छ । ३० वर्ष नाघेकालाई ५५ प्रतिशतसम्म सुविधा दिएको छ । यसको मुख्य कारण असल व्यक्तित्वहरू शिक्षामा आए भने मात्र त्यसले असल व्यक्तित्व उत्पादन गर्न सक्छ । यो पक्षमा हामीले सोचेनौँ ।

जबसम्म किताबी ज्ञान दिने र परीक्षामा ल्याएको नम्बरले विद्यार्थी तौलिने सिस्टम रहन्छ, तबसम्म यो शिक्षाले उपलब्धि हाँसिल गर्न सक्दैन । ऊसँग सीप, दक्षता, विश्लेषणात्मक क्षमता कति छ, त्यसलाई कार्यान्वयन गर्ने पाटोमा त्यो कत्तिको दख्खल छ, त्यो हे¥यो भने बेरोजगार बन्नु पर्दैन ।

९८ प्रतिशतभन्दा बढी विद्यार्थीले उनीहरूले चाहेको ठाउँमा जागिर पाएका छन् । कोर्सबाहेक विद्यार्थीलाई जागिरमा आवश्यक पर्ने चिज हामीले यस कलेजमा विद्यार्थीलाई दिएका छौँ । १० प्रतिशत विद्यार्थीलाई उद्यमी, व्यवसायी बनाउन सिकाएका छौँ । आवश्यक पर्नेलाई ऋणसमेत उपलब्ध गराएका छौँ । यस्ता कुरा सबै विद्यालय कलेजले गर्नुपर्छ ।

मेरै कलेजमा मानिसहरू किन आकर्षत छन् त ? भन्दा ९८ प्रतिशतभन्दा बढी विद्यार्थीले उनीहरूले चाहेको ठाउँमा जागिर पाएका छन् । कोर्सबाहेक विद्यार्थीलाई जागिरमा आवश्यक पर्ने चिज हामीले यस कलेजमा विद्यार्थीलाई दिएका छौँ । १० प्रतिशत विद्यार्थीलाई उद्यमी, व्यवसायी बनाउन सिकाएका छौँ । आवश्यक पर्नेलाई ऋणसमेत उपलब्ध गराएका छौँ । यस्ता कुरा सबै विद्यालय कलेजले गर्नुपर्छ । निजी, सरकारी भनेर झगडा गरेर केही फाइदा छैन । राम्रा कुरा जसले जसको लिए पनि हुन्छ तर स्वस्थ प्रतिस्पर्धामा जान खुट्टा कमाउन भने हुँदैन । यसो हुँदा नेपालको शिक्षा क्षेत्रले फड्को मार्छ नम्बर एक । नम्बर दुई शिक्षालाई अनुत्पादनशील बनाउनुहुँदैन । नम्बर तीन शिक्षा प्रणालीभित्र विचार राख्न पाइन्छ तर ट्रेड युनियनहरू खोल्न दिनुहुँदैन । पार्टीपिच्छेका संगठन, कर्मचारी त्यो संसारमा कहीँ छैन । यो गर्दा कर्मचारीको प्रमुख काम गौण भयो, गौण काम प्रमुख हुन आयो । त्यसकारण पार्टीपिच्छे प्रतिस्पर्धा गर्ने नै हो भने कसरी आफ्नो कलेज राम्रो बनाउने भन्ने प्रतिस्पर्धा गरौँ ।

विद्यार्थीलाई बेरोजगार बन्न दिँदैनौं

तिम्रो कलेज अथवा स्कुल खोल्नुको उद्देश्य के भनेर प्रश्न गर्दा कोही भन्छन् जागिर खान गए, युनिभर्सिटी धाए, आयोग लडे कहीँ नभएपछि खोलिदिए । कसैले हामी आठ–दश जना साथी मिल्यौँ, आफू पनि बाँचौँ अरूलाई पनि बचाउँ भनेर खोले । कसैले हेर्दिउ न सबैले यसमा पैसा छ भने । लगानी पनि गर्यौं । दुई÷तीन वर्ष गरेको ढाड सेकियो । अब बेच्न खोजेको । कसैले भने दीर्घकालीन सोच राखेर गरेका छन् । कलेज, स्कुलले कहिले पनि सर्ट टर्म सोच राख्नुहुँदैन । म नभए पनि मेरो अर्को पुस्ताले चलाउँछ अथवा हरेक वर्ष एक स्टेप अगाडि बढोस् भनेर सोच्नुपर्छ ।

१० वर्षभित्र यस कलेजलाई युनिभर्सिटी बनाउने मेरो प्रतिबद्धता थियो । मैले यो १० वर्षमा यस कलेजलाई युनिभर्सिटी बनाउन नसके पनि युनिभर्सिटीलाई चाहिने प्रारूप तयार बनाउन सफल भएको छु । हामीले ब्याच्लरमा अठार, मास्टर्समा सातवटा कार्यक्रम चलाइरहेका छौँ । अहिले नेपालको सबै विश्वविद्यालयमा हेर्दा विद्यार्थी संख्या, सङ्काय, कार्यक्रमहरूमा शीर्ष पाचौँ स्थानमा छ हाम्रो कलेज । अन्तर्राष्ट्रिय रेटिङमा परेका छौँ । आईएसओ सर्टिफाइड हौँ, क्वालिटीमा नम्बर एक नै छौँ । यहाँका विद्यार्थीहरूलाई हामी बेरोजगार बन्न दिँदैनौँ । त्यो हाम्रो कमिटमेन्ट हो । त्यसकारण सरकारले राम्रो नीति ल्याओस् । राम्रा–राम्रा युनिभर्सिटीहरू खुलेर प्रतिस्पर्धा भए भने यो युनिभर्सिटी पनि सुध्रिन्छ । अहिलेका जस्तो विकृति विसंगतिका भण्डार हुँदैनन् । हामीसँग हाम्रा नयाँ पुस्ताको भविष्य गाँसिएको छ ।

अन्तर्राष्ट्रिय रेटिङमा परेका छौँ । आईएसओ सर्टिफाइड हौँ, क्वालिटीमा नम्बर एक नै छौँ । यहाँका विद्यार्थीहरूलाई हामी बेरोजगार बन्न दिँदैनौँ । त्यो हाम्रो कमिटमेन्ट हो ।

आजको ११ वर्ष अर्थात् सन् २०३० भित्र नेपाललाई अविकसित देशबाट अल्पविकसित राष्ट्रमा परिणत गर्ने भन्ने छ । अविकसितबाट अल्पविकसितमा आउँदा नेपालीको लिभिङ स्ट्यान्डर्ड बढेको छ तर यससँगै नागरिकमा कल्चरको पनि विकास हुनुपर्छ । अबको ३० वर्षपछि नेपाललाई विकसित मुलुक बनाउने हो भने युवाहरू अहिलेदेखि नै लाग्नुपर्छ । फेरि राष्ट्र विकसित मात्र बनाउने होइन, विकसित कल्चरको विकास गर्न पनि जरुरी छ । विकसित कल्चर हुर्काउन पनि अर्को २० वर्ष लाग्छ । कतिपय विकसित मुलुकमा विकसित कल्चर नै छैन । हिजो मानिसहरूले सिंगापुरलाई विहारी भन्थे । आज सिंगापुरीयन भन्नेबितिक्कै मानिसहरूले सम्मान गर्छन् । त्यो कल्चरकै कारण हो । यो चिज हाम्रो शिक्षाले दिन सक्नुपर्छ । समयबोधबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री