मंगलबार, १ जेठ २०८१

प्रेमीको निधन भएपछि सञ्जय दत्तकी छोरीले भनिन्-‘मभित्र सधैं जीवित रहनेछौ’

समयपोष्ट २०७६ असार २० गते १०:१९

Advertisement

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला यतिबेला पिडामा छिन् ।

उनको प्रेमीको निधन भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । त्यसो त यसअघिउनको प्रेमिको बिषयमा खासै चर्चा भएको थिएन । उनले आफ्ना प्रेमी इटालियन भएको बताएकी थिइन् । सञ्जयकी पहिली पत्नी रिचा शर्माकी छोरी त्रिशालाले सामाजिक सञ्जालमा ले आफूलाई प्रेम गर्ने, रक्षा गर्ने र ध्यान राखेकोमा आफ्ना प्रेमीलाई धन्यवाद पनि व्यक्त गरेकी छिन् । प्रेमीलाई आफूलाई जीवनमा कहिल्यै पनि नमिलेको खुसी दिएको उनले उल्लेख गरेकी छिन् ।

त्रिशालाले आफ्ना प्रेमीसँग भेटेर भाग्यशाली बनेको र उनकी प्रेमिका बन्न पाएको धन्य भएको उल्लेख गरेकी छिन् । उनले भनेकी छिन् –‘तिमी मभित्र सधैं जीवित रहनेछौ । म तिमीलाई प्रेम गर्छु र सधैं याद गरिरहनेछु । जबसम्म हामीहरु फेरि भेट्दैनौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री