शनिबार, ८ वैशाख २०८१

टेलिकमको नयाँ अफर विदेशबाट आएको कल उठाउँदा बोनस पाइने,एडीएसएलमा समेत छुटनै छुट

समयपोष्ट २०७४ साउन १५ गते १०:०४

नेपाल टेलिकमले नयाँ योजना सार्वजनिक गरेको छ ।  टेलिकमले विदेशबाट आएको कल उठाउँदा बोनस दिने नयाँ योजना सार्वजनिक गरेको हो ।  उक्त योजनामा सहभागि हुँने जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्नेछन् । यो योजना सोमबारबाट  ९० दिनका लागि लागु हुने टेलिकमले जनाएको छ ।

Advertisement

एडीएसएलमा समेत छुट 

टेलिकमले एडीएसएलमा समेत यो योजनामा छुट दिने भएको छ । 

योजना अनुसार एडीएसएलका ग्राहकहरुले एक एमवीपीएसम्मको गतिको एडिएसएल इन्टरनेट करसहित मासिक १००० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार  मासिक २ सय ५६ केवीपिएस गतिको एडिएसल सेवाको १ हजार १७ रुपैयाँ तिर्नुपर्थ्यो । कम्पनीले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । कम्पनीका अनुसार  २१ जीबी डाटाको लागि १ हजार ९ सय ८० रुपैयाँ शुल्क लिइएकोमा अब १५ जीबी डाटा तीन सय रुपैयाँमै पाइने छ । 

कम्पनीका अनुसार २५ जीबी डाटाको पाँच सय रुपैयाँ र ४० जीबीको डाटाको मूल्य सात सय रुपैयाँ तोकेको छ। यी डाटाको गति १ एमबीपीएस सम्म हुने कम्पनीले जनायो । कम्पनीले दर्ता शुल्क पनि पाँच सयबाट घटाएर भोल्युम बेस्डको कर वाहेक दुर्इ सय रुपैयाँ र अनलिमिटेडको तीन सय रुपैयाँ तोकेको  छ ।

अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त ग्राहकले पाउँने कम्पनीले जनाएको छ ।  १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज तीन महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पूरानै मूल्यमा प्रयोग गर्न पाइने कम्पनीले जनाएको छ । कम्पनीले १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री