बिहीबार, १५ चैत २०८०

यातायात व्यवस्था विभागले भाडामा खुद्रा मुल्य हटाउँदै

समयपोष्ट २०७४ साउन १५ गते ८:१८

यातायात व्यवस्था विभागले गाडी भाडामा खुद्रा मुल्य हटाउँने तयारी थालेको छ । यात्रुहरु ठगिएको भन्दै विभागले खुद्रा मुल्य हटाउँने तयारी गरेको  हो । स्थान अनुसार १२ रुपैयाँ भए १० रुपैयाँ  र १३ रुपैयाँ भए १५ रुपैयाँ कायम गरि नयाँ मुल्य समायोज गरिने विभागले जनाएको छ । विभागका अनुसार १७ रुपैयाँ कायम भएको भाडा दर  हटाएर १५ रुपैयाँ र १८ रुपैयाँ कायम भएको भाडा दर  बढाएर २० बनाउने तयारी भईरहेको छ ।  

Advertisement

यातायात व्यवसायीले भने हाल १३ रुपैयाँ भाडादर कायम रहेको दूरीमा यात्रुसँग १५ रुपैयाँ तथा १८ रुपैयाँ को भाडा दरमा २० रुपैयाँ असुल्दै आएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री