बिहीबार, १३ वैशाख २०८१

वर्ल्डलिंकले सस्तोमा तिब्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउँने,यस्तो छ नयाँ योजना

समयपोष्ट २०७४ साउन १५ गते ७:१५

वर्ल्डलिंकले सस्तोमा तिब्र गतिको इन्टरनेट सेवा उपलब्ध गराउँने उदेश्यले ‘छिटो भनेकै वर्ल्डलिंक’ योजना सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस योजनामा ग्राहकहरुले  ५० एमबिपिएस अनलिमिटेडको १८ सय ३३ रुपैयाँ, २५ एमबिपिएसको १४ सय ५० र ५ एबिपिएसको ११ सय ५० रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । 

Advertisement

 पुराना ग्राहकले यस सेवाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । वर्ल्डलिंक कम्युनिकेशनस प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालका दशलाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम नेटवर्क सेवाको विस्तार गर्ने योजना लिएको छ ।

कम्पनीले नेपालका मुख्य शहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षित गर्दै छिटो, भरपर्दो र आम नागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकलका माध्यमद्वारा प्रदान गरिने जनाएको छ।

हाल, उच्चस्तरीय इन्टरनेट सेवा लिने एक लाख प्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमा आफ्नो सेवा विस्तार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री