बुधबार, २६ वैशाख २०८१

समृद्ध राष्ट्र निर्माणका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न प्रतिबद्ध छु : अर्थमन्त्री

समयपोष्ट २०७४ साउन १४ गते ९:००

 अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

Advertisement

शनिबार भोजपुर सेवा समाजले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताए ।

अर्थ मन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख समेत गरे ।

अर्थ मन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको बताए ।

अर्थ मन्त्री कार्कीले जलस्रोत,कृषि र पर्यटनको माध्यमबाट देशलाई सम्पन्न गर्ने बताउँदै भोजपुरबाट तराई जोड्ने सडकको सुदृढिकरण र आवश्यक पुल निर्माण गर्नेतर्फ सरकारले ध्यान दिने प्रष्ट पारे ।

Advertisement

अर्थमन्त्री कार्कीले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा गर्दैआएको सहयोगको प्रशंसा समेत गरे ।

कार्यक्रममा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल  ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राई, अर्थमन्त्री कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला र सोलुखुम्बुका समाजसेवी गोमा शेर्पालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा, सांसद जयन्ती राई, तारादेवी राई तथा मोहनकुमार राईको सहभागिता थियो । 

कार्यक्रममा मन्त्री कार्कीले भोजपुर समाजको वेवसाइट www.bhojapur. com.org  सेवाको पनि शुभारम्भ गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री