मंगलबार, ११ वैशाख २०८१

किन लगेनन् ५२ सालदेखि एसबिआईका लगानीकर्ताले नगद लाभांश ? एक महिना भित्र लैजान बैंकको आग्रह

समयपोष्ट २०७४ साउन १२ गते ८:१७

नेपाल एसबिआई बैंकले सेयरधनीहरुलाई एक महिना भित्र पुरानो नगद लाभांस लगिसक्न सुचना जारी गरेको छ । 

Advertisement

 बैंकले आर्थिक वर्ष २०५२/५३ देखि २०६८/६९ सम्मको नगद लाभांस लैजान सुचना जारी गरेको हो । यसअवधिको ६० लाख १७ हजार रुपैयाँ भन्दा बढी रकम सेयरधनीले लैजान बाँकी रहेको बैंकले जनाएको छ । 

एक महिना भित्र लाभांश लगिनसक्ने सेयर धनीहरुको पैसा लगानीकर्ता संरक्षण कोषमा पठाईने बैकले जनाएको छ । 

बैंकका अनुसार कतिपय सेयरधनीहरुले आर्थिक वर्ष २०५२/५३ देखिको नगद लाभांस लगेका छैनन् । 

बैंकले पाँच बर्ष भन्दा पुरानो लाभांश कोषमा पठाउनु पर्ने व्यवस्था अन्तर्गत सेयर धनीहरुलाई  सूचीत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री