बुधबार, १२ वैशाख २०८१

ढकतराजु बिगारेर सामान बेच्ने चार हजार भन्दा बढी ब्यापारी कारवाहीमा

समयपोष्ट २०७४ साउन ११ गते ६:२२

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ ।

Advertisement

आर्थिक वर्ष २०७३\७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो ।

कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिए। कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान, पुरानाको नवीकरण र ठगीको आरोपमा कारबाहीमा परेका व्यापारीसँग  एक करोड १७ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७२\७३ मा सो कार्यालयले  ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षमा चार हजार ९४४ जनाले नापतौल जाँच र दुई हजार ४२६ जनाले नापतौल तथा नाप्ने तौलने यन्त्र अनुमतिपत्र लिएका थिए भने ६८ जना व्यापारीले इजाजतपत्र लिएका कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री