शुक्रबार, ७ वैशाख २०८१

कन्काई विकास बैंकको हकप्रद आजबाट

समयपोष्ट २०७४ साउन ९ गते ६:०१

कन्काई विकास बैंकले सोमबारदेखि हकप्रद निष्काशन गरेको छ । बैंकले  हाल कायम चुक्ता पूँजीको २१४ प्रतिशत हकप्रद बिक्री सुरु गरेको हो । बैंकले एक बराबर दुई दशमलव १४ कित्ताका दरले ३२ करोड १० लाख रुपैयाँको ३२ लाख १० हजार कित्ता हकप्रद निष्काशन गरेको छ । 

Advertisement

बैंकले हकप्रद बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको हकप्रदमा लगानीकर्ताहरुले क्यापिटलको कार्यालय नक्साल तथा कन्काई विकास बैंक र सिद्धार्थ बैंकका सबै शाखाहरुबाट आवेदन दिन सक्नेछन् । 

बैंकको हकप्रदमा असार १८ गतेसम्म कायम सेयरधनीले भदौ ११ गतेसम्ममा आवेदन दिईसक्नुपर्नेछ । हाल बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि बैंकको पूँजी ४७ करोड १० लाख रुपैयाँ पुग्नेछ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री