शुक्रबार, १४ वैशाख २०८१

नागपञ्चमी र रक्षाबन्धन २७ वर्षपछि एकैदिन

समयपोष्ट २०७४ साउन ८ गते ७:५४

नागपञ्चमी र रक्षाबन्धन २७ वर्षपछि  एकैदिन परेको छ । 

Advertisement

पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी मनाउन सुझाव दिएको हो ।  

आईतबार  समितिले  बिज्ञप्ती जारी गर्दै भनेको छ ,'‘श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रीपूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षावन्धन श्रावण १३ गते शुक्रबार नागपञ्चमीका दिन गर्नु शास्त्र तथा परम्परा अनुसार समुचित छ ।’

पञ्चाङ्ग समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिका जस्ता ग्रन्थहरुका आधारमा यो निर्णय लिइएको बताएको छ । 

बिज्ञप्तीमा कुनै भ्रममा नपर्न र साउन १३ गते नै रक्षाबन्धन गर्न आग्रह गरिएको छ । नागपञ्चमी र रक्षाबन्धन एकै दिन गरिएको २७ वर्षपछि यो पटक हो । यसअघि विक्रम सम्बत १९६३, १९८२, २०२८ र २०४७ सालमा यस्तै परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री