बुधबार, १२ वैशाख २०८१

साझाले काभ्रेको साँगासम्म सेवा विस्तार गर्यो

समयपोष्ट २०७४ साउन ८ गते ६:५२

साझा यातायातले यातायात ब्यवस्था विभागबाट काभ्रेको साँगासम्म बस सञ्चालन गर्ने अनुमति पाएको छ । अब  साझाका बस स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वर, नयाँबाटो, भक्तपुरको सूर्यवनायक चोक हुँदै साँगासम्म पुग्नेछन् ।

Advertisement

 साँगाबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।

यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो । त्यसैमध्यबाट भक्तपुरसम्म पुग्ने साझाका ६ वटा बसले साँगासम्म सेवा दिनेछन् । 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री