शुक्रबार, १४ वैशाख २०८१

द्वन्द्वपीडित परिवारले पाए राहत रकम

समयपोष्ट २०७४ साउन ६ गते ८:२६

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले द्वन्द्वपीडित परिवारलाई आव २०७३÷७४ मा रु १२ करोड ९८ लाख ४१ हजार राहत रकम वितरण गरको छ । 

Advertisement

द्वन्द्वका क्रममा मृत्यु भएका सर्वसाधारण, नेपाली सेना, प्रहरीका परिवार, बेपत्ता र विस्थापित परिवारलाई राहत रकम वितरण गरेको हो । 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उदयराज जोशीका अनुसार द्वन्द्वका क्रममा मृत्यु भएका २१५ जनामध्ये १९० जना सर्वसाधारणलाई रु नौ करोड ४७ लाख ५० हजार, बेपत्ता भएका ४२ मध्ये ३८ जनालाई रु एक करोड ९० लाख, नेपाली सेना र प्रहरीका ९० मध्ये ५१ जनाका परिवारलाई रु ७६ लाख ५० हजार रकम वितरण गरेको छ । 

यसैगरी, द्वन्द्वका क्रममा विस्थापनका परेका १५३ मध्ये ७६ जनालाई रु १४ लाख ४१ हजार ७०० र पाँचौँ कार्यदलको प्रतिवेदनका आधारमा बेपत्ता पाँच र मृतक दुई गरी सातजनालाई रु ७० लाख रकम वितरण गरिएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री