बुधबार, १२ वैशाख २०८१

अष्ट्रेलियामा सस्तो र गुणस्तरिय शिक्षा दिंदै आएका छौं

समयपोष्ट २०७४ साउन ६ गते ७:०९

अनिता राई

Advertisement

नेपाली विद्यार्थीहरुलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणालीका बारेमा जानकारी गराउँने उद्येश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को ११ औँ बृहत शैक्षिक मेला भृकुटी मण्डपमा सुरु भएको छ । एकै ठाउँमा २ सय ३६ भन्दा बढी स्टल र १४ वटाभन्दा बढी पेभिलियनमार्फत विदेशी शिक्षाबारे सबै खाले जानकारी मेलामा पाइन्छ ।  विदेशमा गएर अध्ययन संगसंगै करिअर बनाउँन खोज्ने विद्यार्थीहरुको लागि आयोजित मेलामा अवलोकनको जाने विद्यार्थीहरु पनि उल्लेख्य मात्रामा सहभागि भएका छन् । हामी शैक्षिक मेलाको रिर्पोटिङको लागि भृकुटीमण्डप पुग्दा जापान पठाउँनको लागि काउन्सिलिंग गर्ने स्टलहरुमा युवतीहरु जापानीज पोसाकमै पंख्खा हल्लाउँदै उभिरहेका भेटिन्थे । प्राय सबै इन्स्टलहरुमा विद्यार्थीहरु परामर्श लिन ब्यस्त देखिन्थे । 
यस्तै परामर्श दिईरहेका कन्सल्टेन्सिहरुको भिडमा हाम्रो आखाँ नर्स ट्रेनिङ इन अष्ट्रेलिया,प्रमोटिंग होलिष्टिक ट्रेनिङ लेखेको बोर्डमा रोकियो । यो कस्तो खालको संस्था रहेछ भन्ने जिज्ञासा साथ हामी त्यही स्टलमा पुग्यौं जहाँ नर्स ट्रेनिंङ इन अष्ट्रेलियाका मार्केटिङ म्यानेजर रोशन घिमिरे भेटिए । विद्यार्थी भिसामा अष्ट्रेलिया पुगेर केही बर्ष उतै बिताएका उनले नेपाली विद्याथीहरुलाई कम शुल्कमा अष्ट्रेलिया पठाउँन सके विद्यार्थीहरुलाई राम्रै हुँने सोचका साथ नेपाल फर्किएका रहेछन् । लगत्तै उनले अष्ट्रेलियाकै इष्टिच्युटसंग सहकार्य गरी पाईला अगाडी बढाए । अष्ट्रेलियाको वस्तुस्थितलाई नजिकैबाट नियालेका उनले अष्ट्रेलियामा कुनै पनि विद्यार्थीहरुलाई समस्या नहोस् भनेर यस क्षेत्रमा हात हालेको बताए । नर्स ट्रेनिङ इन अष्ट्रेलियाको बारेमा रोशन घिमिरेसंग गरिएको कुराकानी :

नर्स ट्रेनिङ इन अष्ट्रेलिया कस्तो सस्था हो ? 
नर्स ट्रेनिङ अष्ट्रेलिया भनेको अष्ट्रेलियाको रजिष्टर भोकेस्नल एजुकेसन प्रोभाईडर हो । अष्ट्रेलियामा तिन प्रकारका सस्थाहरु छन् अध्ययनका लागि । एउटा युनिर्भसिटी,कलेज र भोकेष्नल इष्टिच्युटहरु छन् । हामी भोकेष्नल इष्टिच्युटमा पर्छौं । हामीले विगत दश बर्ष देखि सर्टिफिकेट लेवल र डिप्लोमा लेवलको कोर्शहरु विद्यार्थीहरुलाई दिंदै आईरहेका छांै । अहिले भर्खरै मात्र नेपालबाट क्राईकोर्श अप्रुभ भयो । हामीले अष्ट्रेलियाको लागि अन्तराष्ट्रिय विद्यार्थीहरु लिएर जान थालेको यसै बर्ष देखि हो । इमिग्रेसनले भिजा दिनको लागि रिक्स एसेस्समेण्ट हेर्छ । रिक्स एसेस्मेण्ट भनेको देशको रिक्स कति छ,कलेजको रिक्स कति छ त्यसमा अप्लाई गर्दा भन्ने हुन्छ ।  त्यसमा हाम्रो देश र हाम्रो कलेज दुवै लेवल टु मा छ । त्यसले गर्दा भिजा लाग्ने चान्स एकदम हाई छ । 

rosan 2
 

खर्च कति लाग्छ ?
यो एकदम सस्तो कलेज हो । हामी क्वालीटी एजुकेशन प्रोभाईड गर्छौ । सस्तो कलेज भनेको साधारणतय विद्यार्थीहरु युनिभर्सिटमा अध्ययन गर्न गए भने उनीहरुको एक बर्षको फि २४ हजार डलर हुन्छ । हाम्रो कलेजको नौ हजार नौ सय डलर मात्र छ । विद्यार्थीहरु विस घण्टा काम गरेर खान बस्न र पढ्न पुग्छ ।
हाम्रो कलेजमा विद्यार्थीहरु अध्ययन गर्न जान १२ देखि १५ लाख रुपैयाँ भए सबै खर्च पुग्छ । एक बर्षको कलेजको फि समेत त्यस इन्कुल्ड हुन्छ ।  
 

कति समयको कस्तो कोर्श पढाई हुन्छ ?
हाम्रो  इष्टिच्युटमा सटिएफिकेट आई भि इन एज केयर,सटिएफिकेट आई भि इन डिसयाबिलिटी र डिप्लोमा अफ कम्युनिटी सर्भिसेस अध्यापन गराईन्छ । जसमा इष्टिच्युटमा सटिएफिकेट आई भि इन एज केयर,सटिएफिकेट आई भि इन डिसयाबिलिट एक बर्षे कोर्स हो भने  डिप्लोमा अफ कम्युनिटी सर्भिसेस एक बर्ष तिन महिनामा कम्प्लिट हुन्छ । 

अष्ट्रेलिया जाने प्रोसेस कत्तिको झन्झटिलो छ ?
अष्ट्रेलिया जान विद्यार्थीले पल्स टु गर्नै पर्छ । पल्स टुमा उसले कम्तिमा ६० प्रतिसत् त ल्याउँनै पर्छ । त्यस पनि आई एल टि एस मा इज ब्याण्ड फाईभ या भनौ ओभर अल सिक्स ल्याउँनैपर्यो । नेपालमा हाम्रो २४ ओटा एजेण्टहरु छन् । त्यसमा नेपकम,याक्सपर्ट,इपिमाईग्रेसन धेरै छन् । सबै एजेण्टहरुको बारेमा हाम्रो वेभसाईटमा गएर जानकारी लिन सकिन्छ । र, ति मध्य कुनै एकबाट अप्लाई  गर्दा  हुन्छ । 

rosan 1
 

कतिपय कलेजले बिद्यार्थीलाई ठग्ने पनि गरेका समाचार आईरहन्छन नि ?
हाम्रो दश बर्षको इतिहास बोकेको संस्था हो । हामीले अष्ट्रेलियामा हजारौ विद्यार्थीहरुलाई पढाउँन सफल भईसकेका छौं । उनीहरु ग्रायजुयट भईसकेका छन् । हाम्रो कलेजको बारेमा ति बिद्यार्थीसंग सोधपुछ गर्दा पनि हुन्छ । त्यसैले हामीले जे भन्छौं त्यो गर्छौ, बिद्यार्थीलाई अनाबश्यक सपना बाँड्दैनौं । हामीले अन्तराष्ट्रिय विद्यार्थीहरु भने यसै बर्ष देखि लिन सुरु गरेका हौं । सम्भवत हाम्रो डिप्लोमा अफ नर्सिङभन्ने विषय फ्रेबअरीबाट सुरु हुन्छ । डिप्लोमा अफ नर्सिङको लागि हाम्रो चार सय ओटा सिट अप्रुभ हुँदैछ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री