शुक्रबार, ७ वैशाख २०८१

भक्तपुर स्थित फर्निचर उद्योगमा आगलागी,१६ लाख बराबरको क्षति

समयपोष्ट २०७४ साउन ५ गते ५:४४

 भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । 

Advertisement

स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट रु १६ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 
राति करिब ११ः४५ बजे लागेको आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उनले जानकारी दिए । 

आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बारुणयन्त्र भक्तपुर र ललितपुरका दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा करिब २ बजे आगो नियन्त्रणमा लिइएको थियो । 

कारखानामा लागेको आगोका कारण सँगै रहेको विश्वराम प्रजापतिको घरमा समेत ग्याँस सिलिण्डर पड्केर सामान्य क्षति भएको छ । 

कारखानामा राति कोही पनि नबस्ने भएकाले आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री