बिहीबार, १३ वैशाख २०८१

नेप्से २ .१४ प्रतिशतले बढ्यो

समयपोष्ट २०७४ साउन ३ गते १०:०७

मंगलबार नेप्से २.१४ प्रतिशतले बृद्धि भएको छ । आज नेप्से ३४.२६ अंकले बढेर १६३८ .४ १ विन्दुमा पुगेको छ । मंगलबार १५५ कम्पनीको १९ लाख ३५ हजार कित्ता सेयर १ अर्ब २१ करोड रुपैयाँमा किनबेच भएको छ । 
मंगलबार वाणिज्य बैंक समूह २७.२५, होटल ६१.५२, विकास बैंक २५.२, जलविद्युत ३८.९९, वित्त ५।९५, बीमा समूह ४१६.६३अंक, उत्पादन समूह २०.७२ र अन्य समूह भने ०.५८ अंकले बढेका छन ।

Advertisement

आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी किनबेच भएको छ । 
मंगलबार  हिमालयन डिष्टीलरीको सेयर मूल्य प्रतिकित्ता ९ .९९ प्रतिशत, एनबी इन्स्योरेन्स कम्पनी ९.९३ प्रतिशत,, कुबेर मर्चेन्ट फाइनान्स ९.९३ प्रतिशत,, राष्ट्रिय बीमा कम्पनी ९.३१ प्रतिशत,  र प्रोगेसिभ फाइनान्सको सेयर मूल्य क्रमश ९.१८ प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी बीमा समूहको परिसूचक ४१६ अंकले बढेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री