शुक्रबार, १६ चैत २०८०

मुक्तिनाथ बन्यो नयाँ आर्थिक वर्षमा हकप्रदको अनुमति पाउने पहिलो कम्पनी

समयपोष्ट २०७४ साउन ३ गते ७:३८

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले हाल कायम पूँजीको ४० प्रतिशतले हुने ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद निष्काशनको अनुमति दिएको हो । 

Advertisement

यससंगै मुक्तिनाथ विकास बैंक चालु आर्थिक वर्षमा हकप्रदको अनुमति पाउने पहिलो कम्पनी बन्न पुगेको छ । 

 ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १५ करोड ९८ लाख दुई हजार रुपैंया पुग्नेछ । 

हाल  बैंकको चुक्ता पूँजी एक अर्ब ५४ करोड २७ लाख १६ हजार रुपैंया रहेको छ । 

बैंकले गत आर्थिक वर्षमा ३४ प्रतिशत बोनस वितरण गरेको थियो भने ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री