बिहीबार, १३ वैशाख २०८१

चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा दायर

समयपोष्ट २०७४ साउन १ गते ८:२१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Advertisement

आइतबार आयोगले १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित चुडामणि शर्मा,कर फ्छ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध मुद्दा दायर गरेको हो । 

कर फ्छ्र्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियारले छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गरेको छ ।

आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल हाल फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री