बुधबार, १२ वैशाख २०८१

डा. गोविन्द केसी श्रावण ९ गतेदेखि पुन:आमरण अनसन बस्ने

समयपोष्ट २०७४ साउन १ गते ५:४०

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी श्रावण ९ गतेदेखि पुन:आमरण अनसन बस्ने घोषणा गरेका छन् । डा. केसीले आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारबाही गर्न दिएको अल्टिमेटम सरकारले गुजारेको भन्दै आइतबार बिज्ञप्ती गर्दै पुन:आमरण अनसन बस्ने घोषणा गरेका हुन् ।

Advertisement

जारी विज्ञप्तिमा श्रावण ९ गते अपराह्न ४ बजे अनसन सुरु गर्ने उल्लेख गरिएको छ । 

डा.केसीका माग सात बुँदे मागहरु यस्ता छन् :

१) तत्काल माथेमा प्रतिवेदन अनुरुप हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।

२) चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न निम्न काम गरियोस् :

  • आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरियोस्
  • आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरियोस्
  • सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरियोस्
  • चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गरियोस् ।
  • एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गरियोस्
  • आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरियोस् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री