सोमबार, १० कार्तिक २०७७

काठमाण्डौँ र पोखरामा सुईद्वारा लागुऔषध प्रगोग गर्ने पुरुषको संख्या बढ्यो

समयपोष्ट २०७४ असार ३१ गते ९:३५

सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाण्डौँ र पोखरा उपत्यकामा वृद्धि भएको छ । 

Advertisement

आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरिएको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणमा सो संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ । 

कम्तीमा तीन महिनादेखि सुईद्वारा लागुऔषध लिएका १६ वर्षमाथिका ती क्षेत्रका ६८५ जनामा नमूना सर्वेक्षण गरिएकोे केन्द्र जनाएको छ । 

Advertisement

तीमध्ये काठमाण्डौँ उपत्यकामा सन् २०१७ मा सूईद्वारा लागुऔषध प्रयोग गर्ने पुरुषमा एचआइभीको व्यापकता दर ८ दशमलव ५ प्रतिशत रहेको छ । सन् २०१५ मा भने सो दर ६ दशमलव ४ प्रतिशत रहेको थियो । 

यसैगरी पोखरा उपत्यकाभित्र सन् २०१५ मा २ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१७ मा त्यसमा बृद्धि सन् ४ दशमलव ९ प्रतिशत देखिएको केन्द्रका निर्देशक डा तरुण पौडेलले जानकारी दिए । 

सेभ ‘द’ चिल्ड्रेनको आर्थिक एवम् प्राविधिक सहयोगमा केन्द्रले गरिएको उक्त सर्वेक्षणमा ती क्षेत्रका ७४० पुरुष समलिङ्गी र तेस्रोलिङ्गीमा सुईद्वारा लागुऔषध लिनेको संख्यामा समेत वृद्धि भएको देखाएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री