शनिबार, ८ वैशाख २०८१

शिक्षामा सुधारका लागि फिनल्याण्ड सरकारले नेपाललाई दुई अर्ब ३६ करोड अनुदान दिने

समयपोष्ट २०७४ असार ३० गते ९:४०

फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न  दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । 

Advertisement

आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवद्र्धन गर्न आगामी छ वर्षका लागि नेपाल सरकारलाई फिनल्याण्डले उक्त रकम अनुदान स्वरुप उपलब्ध गराउन लागेको हो । 

अनुदान सहयोग सम्बन्धी सम्झौतामा आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा  मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदूत योर्मा सुभान्तोले हस्ताक्षर गरे । 

त्यस अवसरमा सहसचिव अर्यालले नेपालको सामाजिक, आर्थिक विकासका साथै शैक्षिक उन्नयनमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । 

राजदूत योर्माले नेपालको विकास प्रयासमा फिनल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षाको सुधारबाट नेपालको प्रगति र समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।  रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री