बिहीबार, १५ चैत २०८०

हुन्डाईको ‘जोयफूल जुलार्इ अफर’,१ लाख सम्म नगद छुट

समयपोष्ट २०७४ असार ३० गते ५:३४

हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले 'जोयफूल जुलार्इ अफर' सार्वजनिक गरेको छ ।

Advertisement

गाडीको बजार प्रवर्द्धनका लागि 'जोयफूल जुलार्इ अफर' सार्वजनिक गरेको कम्पनीले अफर मार्फत ग्राहकहरुले हुन्डाई गाडीको खरिदमा आकर्षक छुट प्याकेजका साथै थप सुविधा उपलब्ध गराउँने छ ।

 राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गाडी कर्जाको स्ल्याब ६५ प्रतिशत पुर्याएपछि कम्पनीले यो योजना सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट, नि:शुल्क इन्स्योरेन्स तथा रोड ट्याक्स र स्क्रयाच कुपन मार्फत १ लाख सम्मको थप नगद छुट पाउने छन् ।

सिमित अवधिका लागि सार्वजनिक गरिएको यस योजनामा हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म नि:शुल्क सर्भिस र ३ वर्षको वारेन्टी समेत ग्राहकहरुले पाउँने कम्पनीले जनाएको छ । 

चालु आर्थिक वर्षको अर्ध-वार्षिक समिक्षामार्फत गाडी कर्जाको सीमा पचास प्रतिशतमा झारेपछि गाडीको बिक्रीमा मन्दी आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री