शुक्रबार, ७ वैशाख २०८१

नबिल बैंकले एकैपटक थप्यो ४ स्थानमा नयाँ एटिएम,एटिएम संख्या १ सय पुग्यो

समयपोष्ट २०७४ असार २९ गते २:४४

नबिल बैंकले रुर्देश्वर चोक, बुढानिलकण्ठ, पुतलिसडक, होटेल भिशुवा, बिरगंज तथा पर्सा चोक, लुम्बिनी (लुम्बिनी सम्पदा क्षेत्रको प्रवेश द्वार नजिक) मा स्थानीय वासिन्दाहरुको सेवा सुविधाका लागि थप ४ वटा नयाँ एटिएमहरु सुरु गरेको छ ।

Advertisement

यस संगै बैंकको एटिएम सञ्जाल काठमाडौं उपत्यका भित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरि कूल १ सय वटा एटिएम संख्या पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे अन्तर्राष्ट्रिय कार्ड (स्थानीय तथा अन्तर्राष्ट्रिय) र एससिटि कुनै पनि कार्ड बाहकहरूले यो एटिएमहरुबाट नगद झिक्ने तथा एटिएमका अन्य सुविधाहरु उपभोग गर्न सकिनेछ ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले १ सय औं एटिएमको उद्घाटन गरेका छन् । ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने प्रतिबद्धता अनुरुप चार एटिएम थप गर्दा हामीलाई खुशि लागेको छ,’ उनले भने, ‘ व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’

नबिल बैंकले ५२ वटा शाखाहरु र १ बिस्तारित काउन्टरको बृहत सञ्जाल, १ सय वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै स्टेक होल्डरहरुसँगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री