शुक्रबार, १४ वैशाख २०८१

विकास निर्माणको काममा सुरुङ खन्ने उपकरण टनेल बोरिङ मेसिन प्रयोग गरिने

समयपोष्ट २०७४ असार २७ गते ३:२८

विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ ।

Advertisement

जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन जुलाई १५ सम्ममा कोलकाता बन्दरगाह आएर त्यसपछि स्थलमार्ग हुँदै नेपाल आउने छ ।

सिंचाइ मन्त्रालयले भेरी बबई डाइभर्सन आयोजनाका लागि उक्त मेसिन तयार गर्न ६ महिनाअघि चीनको क्युबेक ओभरसिजलाई जिम्मा दिएको थियो ।

डेढ अर्ब रुपैंयाको लागत (नेपालमा ल्याई पुर्याउँदा) मा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनामा सफल भए उक्त उपकरण प्रयोग गरेर नेपालमा विकासको क्रान्ती सिर्जना हुने विकासविदहरुले अपेक्षा गरेको गरेका छन् ।

 नागरिक दैनिकबाट 

प्रतिक्रिया

सम्बन्धित सामाग्री