सरकारले बाढी पीडितलाई प्रतिपरिवार २५ हजार राहत उपलब्ध गराउँने
समयपोष्ट
२०७४ असार २६ गते ६:००
सरकारले सप्तरीका बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउने भएको छ । टहरा निर्माण र जस्तापाताका लागि सरकारले प्रतिपरिवार २५ हजार राहत उपलब्ध गराउने भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बाढी पीडितलाई २५ हजार उपलब्ध गराउँने घोषणा गरेका थिए । सोही घोषणा कार्यान्वयन गर्दै सोमबार बसेको मन्त्रीपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको हो ।
साथै पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैयाँ सहुलियत ऋणको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिवद्धतालाई पनि अनुमोदन गरेको छ ।
सरकारले सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सप्तरीमा स्थानीय महोली खोलाको बाढीले तिरहुत गाउँपालिकाको लोहजारा बाँध भत्काएपछि ६ सय भन्दा बढी घर परिवार डुवानमा परेका हुन् ।
प्रतिक्रिया