शुक्रबार, १४ वैशाख २०८१

सञ्चालनमा ल्याउन सकिने महंगा कार सिंहदरबारमा कुँहिदै

समयपोष्ट २०७४ असार २६ गते ३:०६

राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन् ।

Advertisement

विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर हालकै अवस्थामा सञ्चालनमा ल्याउन सकिने अवस्था छ । अन्य सवारी साधन भने मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा भए पनि त्यसतर्फ कसैले चासो दिएको पाइँदैन ।

बरु, नयाँ सवारी खरिदमा ध्यान गएको पाइन्छ । अहिले राष्ट्रपतिको सवारी चलाउन राष्ट्रपति कार्यालयले सरकारसँग नयाँ गाडी किन्न प्रस्ताव गरेको विषयलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ । रक्षा मन्त्रालयले १६ करोड रुपैयाँको नयाँ कार किन्ने राष्ट्रपति कार्यालयको प्रस्तावमाथि मुल्यांकन गरिरहेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री