बिहीबार, १३ वैशाख २०८१

कात्तिक २१ देखि अनलाइनबाट सेयर कारोबार 

समयपोष्ट २०७४ असार २३ गते ११:४७

नेपाल स्टक एक्सचेञ्च नेप्सेले आगामी कात्तिक २१ गतेदेखि अनलाइन प्रणालीबाट सेयर कारोबार सुरु गर्ने भएको छ । 
कार्यकाल सकेर बिदा हुँदै गर्दा नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले शुक्रवार  पत्रकार सम्मेलनको आयोजना गरी आगामी आर्थिक बर्षको प्रथम त्रैमासभित्रै नेप्सेले नयाँ सिस्टम प्राप्त गर्ने र परीक्षणमा लग्ने बताए । ‘परिक्षण पश्चात २०७४ कात्तिक २१ बाट नयाँ प्रणाली कार्यान्वयनमा आउनेछ, उनले भने । कागजी धितोपत्र कारोबारेको अन्त्यसँगै पूर्वमा बिर्तामोडदेखि पश्चिममा धनगढी एवं पहाडी सहर बाग्लुङ र बेशीसहरसम्मका लगानीकर्ताको पहुँच दोस्रो बजार पुग्न सकेको उनको भनाई थियो ।
आफ्नो कार्यकालमा सूचीकृत धितोपत्रहरुको कारोबार अभौतिकृत रुपमा गराउन सुरु गरेको, सिडिएस एन्ड क्लियरिङ लि नियमित सञ्चालन, रिमोट वर्क स्टेस्शन ग्रामीण क्षेत्रमा ब्रोकर शाखा  विस्तार लगायतमा महत्वपूर्ण काम भएको उनले बताए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री