शुक्रबार, १६ चैत २०८०

‘अब आर्थिक विकासको ढोका खुल्छ, १० वर्षमा ठूलो फड्को मार्न सकिन्छ’

समयपोष्ट २०७४ असार २३ गते १०:२९

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनपछि राजनीतिक स्थायित्व आएको भन्दै अब आर्थिक विकासको ढोका खुल्ने बताएका छन । व्यवस्थापिका–संसद्को  शुक्रवारको बैठकको विशेष समयमा उनले उक्त कुरा बताएका हुन ।

Advertisement

‘स्थानीय तहको निर्वाचनपछि राजनीतिक स्थायित्व आएको छ, अब आर्थिक विकासको ढोका खुल्छ, १० वर्षमा ठूलो फड्को मार्न सकिन्छ, उनले भने ‘झोलामा खोलो राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ, जलस्रोतको उपयोग गर्नुपर्छ, देशको स्रोत साधनलाई सही उपयोग गर्नुपर्छ ।’
उनले बजेट र योजनासित सुशासनलाई जोड्न र भ्रष्टाचारमुक्त समाजको स्थापना गरिनुपर्नेमा जोड जोड दिए ।  बजेटको व्यवस्थापन गर्न योजनाबद्ध विकास जरुरी रहेकामा जोड दिँदै मानव र प्रकृतिको व्यवस्थापनलाई पनि बजेटमा प्राथमिता दिन आग्रह पनि गरे  ।
नेता पौडेलले  काठमाडौँको जनसङ्ख्यालाई विकेन्द्रीकरण गरी उपत्यका बाहिरका शहरमा आकर्षित गराउन, गुणस्तरीय स्वास्थ्य, शिक्षा र रोजगारीका लागि नै काठमाडौँ आउने प्रवृत्तिलाई अन्त्य गर्न उपत्यका बाहिर पनि यस्ता सुविधा पुर्याउनुपर्ने बताए ।

‘खेतीयोग्य हराभरा जमिनलाई मासेर घर बनाई बस्ती बसाल्ने प्रवृत्तिलाई अन्त्य गर्न यस्ता जमिनमा ठूलाठूला भवन बनाउन नहुने नीति कडाइका साथ लागू हुनुपर्छ, उनले भने ‘जनताका आधारभूत आवश्यकता पूरा हुने विकासका कार्यक्रम ल्याउन, जनताको घर आँगनमै सरकारी सेवा सुविधा पुर्याउन र विकासका योजना तर्जुमा गर्दा नेतालाई होइन जनतालाई ध्यान दिनुपर्छ ।’
नेता पौडेलले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले ऐन तथा नियमको अभावमा काम गर्न नसकेका प्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै काम गर्ने वातावरण मिलाउन जोड दिए।
स्थानीय तहका निर्वाचनमा आर्थिक चलखेल भयो भन्ने सुनिएकाले यस्तो यस्तो प्रवृत्तिले लोकतन्त्रलाई बलियो बनाउन नसक्नेमा जोड दिंदै उनले भने ‘निर्वाचनलाई खर्चिलो र भड्किलो बनाउने प्रबृत्ति अन्त्य गर्नुपर्छ । नीति बमोजिम जनताले मत दिने पद्धतिको विकास गरिनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री