शनिबार, ८ वैशाख २०८१

नेपाल हाइड्रोले ३ लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने

समयपोष्ट २०७४ असार २३ गते ८:१९

नेपाल हाइड्रो डेभलपर लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।

Advertisement

कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरको ३ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

कम्पनीको सयेर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनी सम्भवत आगामी आर्थिक बर्षमा आईपीओ जारी गर्ने पहिलो कम्पनी हुनेछ । 

कम्पनीले  यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई २ लाख ६० हजार आइपीओ बिक्री गरि बाँडफाँड गरिसकेको छ ।

सेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री