शुक्रबार, १४ वैशाख २०८१

आज लक्ष्मी बैंकको लिलामी सेयरमा आवेदन दिने अन्तिम मिति

समयपोष्ट २०७४ असार २३ गते ६:३७

लक्ष्मी बैैंकले लिलामीमा राखेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । 

Advertisement

बैैंकले सर्वसाधारण तर्फ हकप्रदमा नबिकेको ३ लाख ९४ हजार ९३९ कित्ता सेयर लिलामीमा राखेको थियो । 

बैैंकले गत बैशाख ३ देखि जेठ ७ गतेसम्म तीन करोड १५ लाख ९० लाख कित्ता हकप्रद निष्काशन गरको थियो ।

लगानीकर्ताले बैंकको लिलामी सेयरमा विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत आज १ बजेभित्र आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्युनतम एक सय कित्ता र त्यसमाथि १० ले भाग जाने गरि एक सय रुपैयाँ भन्दा बढि मूल्यमा तोकेर बोलकबोल आवेदन दिन सकिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री