शनिबार, १५ वैशाख २०८१

बैङ्क शाखा विस्तार गर्न बैङ्कर्स संघ सहमत, २५० ठाउँमा तत्काल बिस्तार

समयपोष्ट २०७४ असार २२ गते ३:४९

बाणिज्य बैंकहरुले स्थानीय तहमा तत्कालै २५० वटा शाखा खोल्ने योजनासहित त्यसको विवरण नेपाल राष्ट्र बैंकलाई पठाएका छन्।

Advertisement

देश स्थानीय संरचनामा गएपछि नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूलाई हरेक निकायमा वित्तीय पहुँच पुर्याउन अनुरोध गरेपछि वाणिज्य बैङ्कको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घले बुधवार सबै बैङ्कको सहमतिअनुसार उक्त योजना नेपाल राष्ट्र बैंकलाई पठाएको हो । 

शाखा विस्तार गर्न स्ट्याण्डर्ड चार्टर्ड बैङ्कबाहेकका २७ ओटा वाणिज्य बैङ्कले सङ्घमार्फत विवरण पठाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैङ्कलार्इ भने नेपाल राष्ट्र बैकले छुट दिएको छ ।  

बैंकर संघले प्रदेश नम्बर १ मा ५२, प्रदेश नम्बर २ मा ३५, प्रदेश नम्बर ३ मा २७, प्रदेश नम्बर ४ मा ३२, प्रदेश नम्बर ५ मा ४०, प्रदेश नम्बर ६ मा २५ वटा र प्रदेश नम्बर ७ मा ३९ वटा शाखा खोल्न प्रस्ताव गरिएको जनाइएको छ । 

संघले २५० स्थानीय तहमा बैकका शाखा थपिँदा बैकिङ पहुँच ८० प्रतिशत जनसंख्यामा पुग्ने ठहर छ। यातायात, बिजुली, प्रविधिलगायतका पूर्वाधार तथा सुरक्षाको सुनिश्चितता नभएका ठाउँमा भने बैङ्कहरू जान नसक्ने संघले  स्पष्ट पारेका छ । 

मुलुकका ७ सय ४४ स्थानीय निकायमध्ये हालसम्म ४ सय ११ ओटा निकायमा वाणिज्य बैङ्कका कुनै पनि सेवा नपुगेको राष्ट्र बैङ्कले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री