शुक्रबार, ७ वैशाख २०८१

प्रतिबन्धित ५०० र १००० भारु नोट सटहीको बिषय छिट्टै टुंगिन्छ : महरा

समयपोष्ट २०७४ असार २१ गते ८:३२

उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले ५०० र १००० का भारतीय रुपैयाँ सटहीको विषय छिट्टैनै टुंगो लाग्ने बताएका छन् ।

Advertisement

बुधबार भारत भ्रमणबाट फर्किएर व्यवस्थापिका–संसद् बैठकलाई संबोधन गर्दै महराले प्रतिबन्धित भारतीय रुपैयाँ सटहीको विषय छिट्टैनै टुंगो लाग्ने  बताएका हुन् । 

महराले भारत भ्रमणको क्रममा प्रतिबन्धित  भारतीय रुपैयाँको समस्या समाधान गर्न विस्तृतमा छलफल भएको जानकारी दिए  ।  

यसैगरी  महराले दुवै राष्ट्रबीच पेट्रोलियम पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल भएको जानकारी दिए ।

उनले भारत सरकारले हालै लागू गरेको नयाँ कर प्रणालीले नेपालका सिमाना बजारमा पर्ने असरका बारेमा पनि छलफल भएको बताए ।

उनले खाना पकाउने ग्यास बोक्ने बुलेट गाडी नेपालमा छिटो ल्याउने विषयमा छलफल भएको बताए । साथै निकट भविष्यमा नेपालमा हुने बिमस्टेकको बैठकका सम्बन्धमा पनि छलफल भएको जानकारी दिए  ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री