शुक्रबार, १४ वैशाख २०८१

नेप्से २१.९९ अंकले घटेर १५४१.८२ विन्दुमा झर्यो

समयपोष्ट २०७४ असार १८ गते ११:१७

आइतबार नेप्से २१.९९ अंकले ओरालो लागेर १५४१.८२ विन्दुमा पुगेको छ । आइतबार बजारमा  कुल १४८ कम्पनीको ५६ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

Advertisement

आइतबार होटल र अन्य समुह बाहेक सबै समूहका परिसुचक घटेका छन् । बीमा समूह सबैभन्दा बढी १२९ अंकले घटेको छ भने विकास बैंक ३०, जलविद्युत समुह २५, वाणिज्य बैंक २२, उत्पादन २० र वित्त समूह ६ अंकले झरेका छन । अन्य समूह २.६१ अंकले बढेको छ भने होटल समूह सामान्य उकालो लागेको छ । 

आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड बढीको सेयर किनबेच भएको छ ।  स्ट्याण्र्डड चार्टर्ड र हिमालयन जनरल इन्स्योरेन्सको पनि ३ करोड बढीको किनबेच भएको छ । घटेको बजारमा पोखरा फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले  र हिमालयन जनरल इन्स्योरेन्सको ४ प्रतिशत बढीले सेयरमूल्य बढेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री