ब्रोकरहरुले आजबाट सेयर कारोबार सूचारु गर्ने
समयपोष्ट
२०७४ असार १८ गते ५:३६
सेयर ब्रोकरहरुले आईतबारबाट कारोबार सुचारु गर्ने भएका छन् । शनिबार बसेको स्टक ब्रोकर एशोसियशनको बैठकले आजबाट कारोबार सुचारु गर्ने निर्णय गरेको हो ।
कर कार्यालयले केही सेयर ब्रोकरहरुलाई चार बर्षको प्रारम्भिक भ्याट मुल्यांकन गरी सो बुझाउन र भ्याटमा दर्ता भएर मात्र कारोबार गर्न असार १४ गते पत्र काटेपछि बिहिबार सेयर बजार बन्द गरिएको थियो ।
अर्थ मन्त्रालयका राजश्व सचिवसंगको सहमति कार्यान्वय हुँने विश्वास सहित एशोसियशनले कारोबार सुचारु गर्ने निणर्य गरेको छ । संघले कारोबार रोकिएर चौतर्फि रुपमा आलोचना भएपछि लगानीकर्ता तथा सरोकारवाला निकायहरुमा पर्न गएको असुबिधाप्रति विज्ञप्ती मार्फत दु:ख समेत ब्यक्त गरेको छ ।
प्रतिक्रिया