शुक्रबार, १६ चैत २०८०

ग्लोबल आइएमइ बैंकको ‘ग्लोबल स्मार्ट’ मा सुविधा थप

समयपोष्ट २०७५ साउन ११ गते १०:४१

ग्लोबल आइएमइ बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ मा सेवाहरु थप गरेको छ । अत्याधुनिक प्रविधिमा आधारित ग्लोबल स्मार्टलाई थप परिमार्जन गरिएको बैंकले जनाएको छ । अद्यावधिक ग्लोबल स्मार्टमा ब्यक्तिगत ‘क्युआर कोड’ को ब्यवस्था गरिएको छ, जसबाट रकमान्तर वा भुक्तानी गर्न सकिने छ।

Advertisement

प्रयोगकर्ताको औंठा छापमार्फत ‘लगइन’ तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ । ग्रहकले यो सेवा बैंकमा नगइ आँफै सुचारु गर्न सक्ने छन्। आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिने नयाँ सेवामा फोनपेको नेटवर्कमा रहेका विभिन् मर्चेन्टलाई रकम भुक्तानी गर्न सकिने बिशेषता थप थरिएको छ।

थप गरिएका अन्य विशेषतामा अकाउन्ट ड्यासवोर्ड र क्यालेन्डर इन्ट्रिगेशन सुविधा छ। बैंकले पहिले नै दिएको ग्लोबल आइएमइबाट अन्य बैंकमा रकम पठाउने, क्रेडिट कार्डको शुल्क तिर्नेजस्ता सुविधाहरुलाई निरन्तरता दिएको छ ।

यो सेवा मार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले समेत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री