शुक्रबार, १४ वैशाख २०८१

ऋतिक र सुजैनले पुनःविवाह गर्ने

समयपोष्ट २०७५ साउन ११ गते ६:४१

बलिउड स्टार ऋतिक रोशन र सुजैन खान पुनःविवाह गर्ने चर्चा चलेको छ । सन् २००० डिसेम्बर २० मा आफ्नी बचपनकी साथी सुजैनसँग विवाह गरेका ऋतिकले वैवाहिक सम्बन्धको १४ वर्षपछि सन् २०१४ मा आपसी समझदारीमा सम्बन्ध विच्छेद गरेका थिए । उनीहरुका दुई सन्तान ऋधन र ऋहन छन् ।

Advertisement

सम्बन्ध विच्छेद पछि पनि यो जोडी प्रायजसो सँगै देखिदै आएका छन् । आफ्नो सन्तानको खुशीका लागि विभिन्न समारोहमा सँगै देखिदै आएका उनीहरुले सम्बन्ध विच्छेद गरेको चार पछि वर्ष पछि पुनर्मिलन हुने कुराले अहिले स‌ंचारमाध्यममा स्थान पाएको छ ।

ऋतिक र सुजैनको मिलको समाचारले उनीहरुका फ्यानमा खुसीको संचार छाएको छ । सामाजिक स‌ंजालहरुमा कतिपयले उनीहरुको मिलनको कामनासमेत गरिरहेका छन् । केही समय अघि नायक ऋतिक रोसन र नायिका क‌ंगनाको सम्बन्धका बारेमा विवाद आएपनि सुजैनले आफ्ना पूर्व प्रेमीलाई पूर्ण समर्थन गरेकी थिइन् । दुवैजनाको एकअर्काको परिवारसँग राम्रो सम्बन्ध रहेको बताइएको छ ।

अहिले ऋतिक र सुजैन‘सुपर ३’ फिल्म निर्माणका लागि जुटेका छन् । उक्त फिल्मको रिलिज आउँदो जनवरीमा हुने बताइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री