शनिबार, १५ वैशाख २०८१

ट्रान्समिटर पड्किँदा छ जना घाइते

समयपोष्ट २०७५ साउन ९ गते ६:४९

पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्समिटर पड्किँदा छ जना घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय ५२ वर्षीय यामबहादुर परियार, ५२ रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परियार, विमल परियार घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

घाइतेलाई जिल्ला अस्पतालमा उपचारका ल्याइएको भए पनि उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेको छ । ट्रान्समिटर पड्किएर देउपुरका पाँच घरमा समेत क्षति भएको छ । उक्त घटनापछि नेपाल विद्युत् प्राधिकरण र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।

ट्रान्समिटर पड्किएपछि उक्त क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । अवरुद्ध विद्युत् सेवा सुचारु गर्नका लागि नयाँ ट्रान्समिटर परिवर्तन गर्न पहल भइरहेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री