बुधबार, १२ वैशाख २०८१

नीतिगत ब्यवस्थाको कारण सहकारीलाई नियामकीय दायराबाट अलग गरेका हौँ: राष्ट्र बैंक

समयपोष्ट २०७५ साउन ९ गते २:४४

नेपाल राष्ट्र बैंकले नीतिगत ब्यवस्थाको कारण सहकारी संस्थाहरुलाई आफ्नो नियामकीय दायराबाट अलग गरिएको बताएको छ ।

Advertisement

गत साउन २ गते गोरखापत्रमा प्रकाशित सुचनाबाट गलत सन्देश गएको भन्दै राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

राष्ट्र बैकले ती १४ वटा सहकारी संस्थाहरुले सहकारी सम्बन्धी प्रचलित ऐन अन्तर्गत रही अन्य बचत तथा ऋण सहकारी संस्था सरह कारोबार गर्न सक्ने स्पष्ट पारेको छ ।

काठमाडौँका चार, काभ्रेपलाञ्चोकका दुई, कैलालीका दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थालाई राष्ट्र बैंकले नियामकीय दायराबाट अलग गरिएको सार्बजनिक सुचना जारी गरेको थियो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा काठमाडौँका सगुन सहकारी संस्था क्षेत्रपाटी, नेपाल सहकारी वित्तीय संस्था नयाँ बानेश्वर, महिला सहकारी संस्था कुलेश्वर, हिमालय सहकारी संस्था पुरानो बानेश्वर,काभ्रेको बिन्दवासिनी बचत तथा ऋण र मनकामना सहकारी संस्था लि, कैलालीको नवजीवन सहकारी र किसान बहुउद्देश्यीय,सर्लाहीको द सहारा लोन सेभिङ कोअपरेटिभ्स सोसाइटी, बाँकेको सहकारी वित्तीय विकास संस्था र भेरी सहकारी वित्तीय संस्था,स्याङ्जाको उपकार बचत तथा ऋण, मोरङको स्टार वहुउद्देश्यीय र नवलपरासीको बिकु बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

राष्ट्र बैंकले गत साउन २ गते सार्बजनिक सुचना जारी गर्दै सिमित बैंकिङ कारोबार गर्न अनुमति दिएको १४ सहकारी संस्थाहरुलाई आफ्नो नियामकीय दायराबाट अलग गरिएको जानकारी दिएको थियो ।

सूचनामा ती सहकारी संस्थालाई सीमित बैंकिङ कारोबार गर्न रद्द गर्दै नियामकीय तथा सुपरीवेक्षकीय दायराबाट अलग गरिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री