शुक्रबार, ७ वैशाख २०८१

इण्टिमेट सिनबारे किन चुप छिन् प्रियंका ? के चाहन्थिन उनी ?

समयपोष्ट २०७५ साउन ८ गते ११:४२

चलचित्र ‘कथा काठमाण्डु’को गीत आइतबार राजधानीमा एक विशेष कार्यक्रमबीच सार्वजनिक भयो । इन्दिरा जोशीको आवाजमा रहेको उक्त चलचित्रको गीतमा चलचित्रका मुख्य कलाकारद्धय प्रियंका कार्की र प्रमोद अग्रहरी बिचको इन्टिमेट सिनहरू देखाइको छ ।

Advertisement

गीत युट्युबमा सार्वजनिक भएसँगै यसले मिश्रित प्रतिक्रिया पाइरहेको छ । युट्युबमा धेरैले अभिनेत्री प्रियंका कार्कीलाई ‘छाडा’ भन्दै गाली समेत गरेका छन् । प्रियंका हाल अमेरिकामा छिन् । उनी गीत सार्वजनिक कार्यक्रममा पनि उपस्थित भइनन् ।

गीत सार्वजनिक भएसँगै प्रियंका यस गीतलाई लिएर मौन छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने कार्कीले आफ्नो फेसबुक, इन्टाग्राम लगायत केहीमा पनि गीत सेयर गरेकी छैनन् ।

बुझिए अनुसार प्रियंका यो गीत यतिचाँडै रिलिज नहोस् भन्ने चाहन्थिन् । अझ विशेष उनको केही दिन अघिमात्र नायक आयुष्मान देशराजसँग इन्गेजमेन्ट भएको थियो ।

आयुष्मान पनि चलचित्र ‘कथा काठमाण्डु’का नायक हुन् । गीत रिलिज भएसँगै प्रियंका र आयुष्मान दुवैले सामाजिक सञ्जालमा केही गीत बारे केही प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री